आठौँ बेलबारी रनिङ गोल्डकप सुरु, उद्घाटन खेलमा आयोजक टिम विजयी
काठमाडौँ । मोरङको बेलबारीमा आठौँ बेलबारी आरजु राइस मेजर स्वर्गीय एनबी रुङ्माहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप फुटबल सुरु भएको छ ।
आइतबार बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजक एलएक्स सिटी फुटबल क्लब, बेलबारीले विजयी सुरुवात गरेको छ । एलएक्सले भारतको लिजेण्ड्स फुटबल एकेडेमीलाई २-० गोल अन्तरले पराजित गर्यो । खेलको १७ औँ मिनेटमा जर्सी नम्बर ११ का सनम धिमालले मौसम सुब्बाको पासमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
खेलको २२ औँ मिनेटमा सनम धिमालको पासलाई सदुपयोग गर्दै डी एरिया बाहिरबाट प्रहार गरी जर्सी नम्बर ६ का विवेक पौडेलले गोल गर्दै २-० गोल अन्तरमा पुर्याए ।
खेलको म्यान अफ द म्याच आयोजक टिमका जर्सी नम्बर ६ का विवेक पौडेल घोषित भए । प्रतियोगिताको उद्घाटन बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले गरेका थिए ।
स्थानीय प्रस्तावित रङ्गशाला लक्ष्मी खेल मैदानमा हुने उक्त प्रतियोगितामा नेपाल र भारतका गरी जम्मा आठ टोलीको सहभागिता रहेको आयोजक एलएक्स सिटी फुटबल क्लबका अध्यक्ष विक्रम राईले जानकारी दिए । उक्त प्रतियोगितामा नेपालका आयोजक एल एक्स सिटी फुटबल क्लबसहित साबिक विजेता झापा–११ फुटबल क्लब झापा, उपविजेता सलहेश युवा क्लब सिरहा, चर्च ब्वाईज युनाईटेड ललितपुर, बि डिभिजन लिग च्याम्पियन प्लानिङ ब्वाईज युनाईटेड, रारा फुटबल क्लब राजारानी धनकुटा, भोजपुर जिल्ला फुटबल सङ्घ भोजपुर र भारतको लिजेन्ड फुटबल एकेडेमी सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण