सरकार चुनाव गर्ने पक्षमा नरहेको एमालेको निष्कर्ष
सारांश
- एमालेले सरकार चुनावको वातावरण बनाउन नचाहेको निष्कर्ष निकाल्यो।
- उपमहासचिव प्रदीप ज्ञवालीले सरकार निषेध र प्रतिशोधको बाटोमा हिँडेको आरोप लगाए।
- एमालेले लोकतन्त्र र संविधान पक्षधर दलहरूसँग संसद् पुनर्स्थापनाको लागि संवाद गर्ने निर्णय गरेको छ।
काठमाडौँ । नेकपा एमालेले सरकार चुनाव गर्ने पक्षमा नरहेको निष्कर्ष निकालेको छ ।
आइतबार भक्तपुरको गुण्डुमा करिब १० घण्टा बसेको एमाले सचिवालय बैठकले वर्तमान सरकार चुनावको वातावरण बनाउन भन्दा पनि बिगार्नतर्फ लागेको निष्कर्ष निकालेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, सरकार निषेध र प्रतिशोधको बाटोमा हिँडेको छ । पार्टी र नेताहरूलाई आफ्ना गतिविधि गर्न नदिएर सरकार नै चुनावको वातावरण बिगार्न लागेको हाम्रो निष्कर्ष छ ।
घटनाक्रमहरूले मुलुक चुनाव हुने दिशातिर अघि नबढेको उनले बताए । ‘नेताहरूलाई निश्चित ठाउँमा राखेर, दलहरूलाई धम्क्याएर चुनाव हुन सक्दैन’, ज्ञवालीले भने, ‘लोकतन्त्रको आत्म नै मरिरहेको छ । त्यसैले हामीले चुनाव हुने आधार नै देखेका छैनौ ।’
साथै एमालेले लोकतन्त्र र संविधान पक्षधर दलहरूसँग संसद् पुनर्स्थापनाका लागि संवाद गर्ने निर्णय गरेको छ । एमालेले संसद् विघटन असंवैधानिक भएको बताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण