माटोका सामान बिक्री हुन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
सारांश
- तिहार र छठ पर्वमा माटोका भाँडा बनाउने कुमाल जातिको पेशा संकटमा परेको छ।
- बजारमा प्लास्टिक र धातुका सामानको बढ्दो प्रयोगले माटोका सामानको बिक्री घटेको छ।
- नयाँ पुस्ताले यो पेशालाई निरन्तरता दिन नचाहेको र पुरानो पुस्ताले जीविका चलाउन संघर्ष गरिरहेका छन्।
महोत्तरी । तिहार र छठ पर्वका बेला तराईमा माटोको दियो र माटोकै भाँडाकुँडा बनाउँदै आएका कुमाल जातिको पेसा सङ्कटमा पर्दै गएको छ ।
झिलीमिली बत्ती, धातुका दियो, भाँडाकुँडालगायत वस्तुहरूका कारण तिहार र छठ पर्वका लागि पुस्तौँदेखि महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा माटोको दियो र भाँडाकुँडा बनाउँदै आएका कुमाल जातिको पेसा सङ्कटमा परेको जलेश्वर नगरपालिका–५ का ध्रूव रायले बताए ।
दीपावली र छठ पर्वको बेला वर्षेनी लाखौँका माटाका भाँडाकुँडा र दियो बिक्री गर्ने कुमालहरू अहिले बजारमा आएका बत्ती, प्लास्टिक र धातुका भाँडाकुँडाले गर्दा माटोको भाँडा वर्तन र दियो (पाला) लगायतका सामग्रीको बिक्रीमा कमी आएको जलेश्वर नगरपालिका–६ का कुमाल गणेश पण्डितले बताए ।
पहिला माटोको भाँडा चोखो हुने भन्दै दियो, ढकनी, घैँटो, मटिया, कुसिया, कुरबारलगायत सामग्रीको माग हुने गरेको थियो । हाल आएर बनिबनाउ धातु र प्लास्टिकका भाँडाकुँडाले माटोका भाँडा उपभोक्ताको रोजाइमा नपरेपछि पेसा चौपट भएको महोत्तरी गाउँपालिका–४ का कुमाल विजय पण्डितले बताए ।
पहिले जिल्लाभरकै हाट बजारमा माटोको सामग्रीहरू बिक्री हुने गरेकामा अहिले नगन्य मात्रामा ती बजारमा सामग्री बिक्री हुने जलेश्वर नगरपालिका–१ का कुमाल सुरेन्द्र पण्डितले बताए। विगतमा महोत्तरीको विभिन्न गाउँठाउँमा बनाइएका माटाका भाँडाकुँडा तराई मधेसमा मात्रै नभएर काठमाडौँ, पोखरा, हेटौँडा, जनकपुर र भारतीय सहर मधुबनी, दरभङ्गा, सितामढी र पटनासम्म निर्यात हुने गरेको थियो ।
माटोका सामग्रीहरू बिक्री नहुनु र बिक्री भए पनि लगानी नउठ्नुले यस पेसामा अब नयाँ पुस्ताहरू आउन नचाहने गौशाला नगरपालिका–६ का कुमाल वीरजु पण्डितले बताउनुभयो । सबैतिर आधुनिकता हाबी हुँदै गए पनि बुढापाका र संस्कृति प्रेमीहरूले अझै माटोकै भाँडाकुँडा प्रयोग गर्न रुचाउने भएकाले कुमाल जातिका बुढापाकाहरूले जसोजतो ती सामग्रीहरू बनाएर जीविका चलाइरहेको बलवा नगरपालिका–७ का पूर्वशिक्षक सुशील यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण