फेमे खोलामा डाइभर्सन निर्माण हुँदै, यातायात सुचारु गर्ने तयारी
सारांश
- पाँचथरको फिदिम-फालोट सडकखण्डमा फेमे खोलामा अस्थायी डाइभर्सन निर्माण भइरहेको छ।
- असोज १८ गतेको बाढीले डाइभर्सन बगाएपछि यातायात अवरुद्ध भएको थियो।
- यात्रुहरू १५ मिनेट पैदल हिँडेर खोला पार गरिरहेका छन्, तर सामान ढुवानी र बिरामीलाई समस्या छ।
पाँचथर । पाँचथरको फिदिम–फालोट सडकखण्डअन्तर्गत फेमे खोलामा अस्थायी डाइभर्सनमार्फत यातायात सुचारु गर्ने काम भइरहेको छ । गत असोज १८ गतेको बाढीले डाइभर्सन बगाएपछि यो सडक अवरुद्ध भएको थियो ।
पूर्वाधार विकास कार्यालय पाँचथरले फिदिम नगरपालिका–१ र ११ को सिमानामा पर्ने फेमे खोलामा २० वटा ह्युम पाइप राखेर डाइभर्सन निर्माण गरिरहेको छ । कार्यालयका इन्जिनियर मुकेश शाहका अनुसार डाइभर्सन र पहुँच मार्ग निर्माणको काम सोमबारसम्ममा सम्पन्न गर्ने योजना छ ।
सडक अवरुद्ध भएपछि यात्रुहरू करिब १५ मिनेट पैदल हिँडेर खोला वारपार गरिरहेका छन् । सामान ढुवानी तथा बिरामीलाई खोला पार गराउन भने समस्या भएको छ ।
गत वर्ष असोज १२ गते बाढीले यहाँ रहेको सडक पुल बगाएको थियो । त्यसपछि अस्थायी डाइभर्सनबाट यातायात सञ्चालन भइरहेकोमा गत जेठमा बनाइएको स्थायी डाइभर्सनलाई पनि असोज १८ गतेको बाढीले बगाएको थियो । यहाँ बेलिब्रिज जडानको प्रक्रिया अघि बढे पनि बजेट अभावले काम हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण