शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

देखतभूली स्वास्थ्य चौकीमा घरमै सुत्केरी हुने शून्य

सोमबार, २७ असोज २०८२, ०८ : ००
सोमबार, २७ असोज २०८२

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभूलीस्थित स्वास्थ्य चौकीमा चौबीस घण्टे 'बर्थिङ सेन्टर' सञ्चालनमा आएपछि घरमै सुत्केरी हुने महिलाको सङ्ख्या शून्य भएको छ । सुरक्षित सुत्केरीका लागि महिलाहरू बर्थिङ सेन्टर पुग्न थालेपछि यो क्षेत्र 'शून्य होम डेलिभरी क्षेत्र' का रूपमा परिचित बन्दै गएको छ ।

स्वास्थ्य चौकीका प्रमुख लीलाकान्त झाका अनुसार दुर्गम र सीमावर्ती क्षेत्रका गर्भवती महिलाहरूले नजिकै सुरक्षित र निःशुल्क सेवा पाउँदै आएका छन् । चाडपर्वमा पनि सेवा अवरुद्ध नहुने गरी स्वास्थ्यकर्मीलाई पालैपालो खटाइएको छ ।

चालु आर्थिक वर्षको हालसम्म १३० भन्दा बढी महिलाले सुरक्षित प्रसूति सेवा लिइसकेको चौकीले जनाएको छ । यस क्षेत्रमा मातृ तथा शिशु मृत्यु दर शून्य रहेको छ ।

स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय भद्रभलादमीको अथक प्रयासले घरमै सुत्केरी हुने चलन समाप्त भएको प्रमुख झाले बताए । उनले यसबाट सुरक्षित मातृत्वका साथै नवजात शिशुको स्वास्थ्य सुधारमा सकारात्मक प्रभाव परेको उल्लेख गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप