तलब भत्ताको माग गर्दै फतुवा विजयपुरका शिक्षकहरू आन्दोलित
सारांश
- रौतहटको फतुवा विजयपुरका शिक्षकहरूले तलब र भत्ताको माग गर्दै आन्दोलन गरेका छन्।
- शिक्षकहरूले दसैँ र छठ पर्व नजिकिँदा पनि तलब नपाएको भन्दै ज्ञापनपत्र बुझाएका छन्।
- नगरपालिकाको खाता सञ्चालन नहुँदा तलब निकासामा समस्या भएको र सामाजिक सुरक्षा भत्ता पनि वितरण हुन सकेको छैन।
रौतहट। रौतहटको फतुवा विजयपुर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरू तलब र भत्ताको माग गर्दै आन्दोलित भएका छन्। दीपावली र छठ जस्ता प्रमुख पर्वहरू नजिकिँदै गर्दा पनि तलब नपाएको भन्दै शिक्षकहरूले आइतबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवलाई ज्ञापनपत्र बुझाएका छन्।
हिमाली मावि हिमालीबासका प्रधानाध्यापक बुनिलाल यादवले दसैँ जस्तो ठुलो पर्वमा तलब नपाउँदा ठुलो आर्थिक समस्या भएको बताएका छन्। दीपावली र छठ पनि नजिकिँदै गर्दा नगरपालिकाले कुनै चासो नदेखाएकोले बाध्य भएर ज्ञापनपत्र बुझाएको उनले जनाएका छन्।
ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत यादवले नगरपालिकाको खाता सञ्चालन नहुँदा तलब भत्ता निकासा गर्न नसकिएको जानकारी दिएका छन्। उनले कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले खाता सञ्चालनका लागि अख्तियारी दिन ढिलाइ गरेकाले कोष तथा लेखा नियन्त्रण कार्यालयले खाता खोल्न नसकेको स्पष्ट पारेका छन्।
निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले शिक्षक कर्मचारीको तलब तत्काल उपलब्ध गराउन आफूहरू प्रयासरत रहेको बताएका छन्। सम्भवतः भोलिसम्म अख्तियारी प्राप्त भएपछि खाता सञ्चालन हुने र तलब निकासा गरिने उनले बताएका छन्। यता, शिक्षकहरूले समयमै तलब नपाउँदा आफूहरू निकै आर्थिक तनावमा परेको बताएका छन्।
यसैबीच, फतुवा विजयपुर नगरपालिकामा दीपावली र छठ पर्वको मुखमा समेत सामाजिक सुरक्षा भत्ता वितरण नहुँदा लाभग्राहीहरू पनि आक्रोशित बनेका छन्। राङ्गी गर्जा टोलका ज्येष्ठ नागरिक राम नारायण चौधरीले रातोपाटीसँग कुरा गर्दै दसैँ, दीपावली र छठमा सामाजिक सुरक्षा भत्ताको रकमले सयौँ परिवारको गुजारा चल्ने गरेकोमा अहिले समयमा भत्ता वितरण नहुँदा निराश बनेको गुनासो गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण