जनकपुर बोल्ट्सको प्रशिक्षकमा शिवनारायण चन्द्रपाल
सोमबार, २७ असोज २०८२, ११ : १८
सारांश
- जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका पूर्व खेलाडी शिवनारायण चन्द्रपाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
- चन्द्रपालले यसअघि जमैका र अमेरिका महिला क्रिकेट टोलीको प्रशिक्षण सम्हालेका थिए।
- एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म आयोजना हुने भएको छ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को साबिक विजेता क्लब जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका पूर्व खेलाडी तथा प्रशिक्षक शिवनारायण चन्द्रपाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
जनकपुरले दोस्रो संस्करणका लागि चन्द्रपाललाई प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको हो । यसअघि जनकपुरको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके रेहका थिए । दासानायके हाल अमेरिकी राष्ट्रिय टोलीका प्रशिक्षक छन् ।
चन्द्रपालसँग सिपीएको फ्रेन्चाइज टोली जमैका तथा अमेरिका महिला राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सम्हालेको अनुभव छ । खेलाडीको रूपमा उनले वेस्ट इन्डिजबाट १६४ टेस्ट र २६८ एक दिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् ।
एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ सम्म हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण