इलामबाट काठमाडौँ आउँदै गरेको कारमा आगलागी, बालक सामान्य घाइते
सोमबार, २७ असोज २०८२, १२ : ४४
सारांश
- उदयपुरको अधेरीमा कारमा आगलागी हुँदा कार पूर्ण रूपमा क्षति भएको छ।
- इलामबाट काठमाडौँ जाँदै गरेको कारमा सवार चालक, श्रीमती र एक छोरा सकुशल छन्।
- कान्छा छोरा सामान्य घाइते भएका छन् र उनलाई उपचारका लागि अस्पताल लगिएको छ।
उदयपुर । उदयपुरगढी गाउँपालिका वडा नम्बर ७, अधेरीमा आज बिहान करिब ९:५० बजे गुडिरहेको कारमा आगलागी हुँदा कार पूर्ण रूपमा जलेर क्षति भएको छ। इलामबाट काठमाडौँतर्फ जाँदै गरेको बा ९ च ८६६८ नम्बरको कारमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ।
कारमा सवार चालक, उनकी श्रीमती र एक छोरा भने सकुशल छन्। कार चालक इलामको चुलाचुली गाउँपालिका-५ बस्ने करिब ४२ वर्षीय प्रेम कुमार सेन्चुरी, उनकी श्रीमती करिब २७ वर्षीया अनिता सेन्चुरी र जेठा छोरा करिब १४ वर्षीय आयुष सेन्चुरी सकुशल रहेका छन्।
यद्यपि, उनीहरूका कान्छा छोरा करिब ७ वर्षीय आरोन सेन्चुरी भने सामान्य घाइते भएका छन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएको छ।
उक्त घटनाको थप अनुसन्धानका लागि अस्थायी प्रहरी पोस्ट सगमचोक उदयपुरबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
-
सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न : अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?
-
सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यक : मुख्यमन्त्री आचार्य
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
-
नागढुंगा चेकपोस्टमा प्रहरीले पैसा लिएको घटना छानबिन गर्न निर्देशन दिएको छु : गृहमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण