श्रीमतीको हत्या गरेको अभियोगमा काठमाडौँबाट एकजना पक्राउ
सोमबार, २७ असोज २०८२, १३ : ०५
सारांश
- काठमाडौंमा एक पुरुषले आफ्नी श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्।
- प्रहरीका अनुसार, घटना काठमाडौंको गौरीघाट मिलनचोकमा भएको हो, जहाँ मृतक महिला मृत फेला परेकी थिइन्।
- प्रारम्भिक अनुसन्धानमा श्रीमानले कुटपिट र ढुङ्गा प्रहार गरी श्रीमतीको हत्या गरेको खुलेको छ।
काठमाडौँ। आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-७, गौरीघाट मिलनचोकमा डेरा गरी बस्ने संखुवासभा खाँदबारी नगरपालिका-६ घर भएका ३५ वर्षीय छिरिङ भन्ने तेन्जिङ शेर्पालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
उनले आफ्नी श्रीमती ४० वर्षीया बिमला तामाङ भन्ने अप्सरा कार्कीको हत्या गरेको अभियोग लागेको छ। अप्सरा आइतबार दिउँसो आफ्नै डेरा कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले हत्यामा संलग्न शेर्पालाई पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानबाट उनीहरूबीच वादविवाद भई झगडा हुँदा तेन्जिङले कुटपिट तथा ढुङ्गा प्रहार गरी अप्सराको हत्या गरेको खुल्न आएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण