भक्तपुरका स्थानीय माटोका पाला बनाउन व्यस्त
काठमाडौँ । तिहार नजिकिएसँगै भक्तपुरका स्थानीय प्रजापति समुदाय माटोका पाला बनाउन व्यस्त छन् ।
भक्तपुरको पोर्टरी स्क्वायर स्क्वाएरमा माटाको भाँडा बनाउँदै आएका स्थानीय प्रजापति समुदाय तिहारमा माटोका पाला लगायतका भाँडा बनाउन व्यस्त रहेका हुन् ।
तिहारमा माटोको पालाको माग धेरै हुने भएकाले पाला बनाउन भ्याइनभ्याई भएको स्थानीय विनोद कुमार प्रजापतिले बताए ।
उनले माटोको पालाको माग अनुसारको बनाउन नसकिएको उल्लेख गरे । भक्तपुरमा उत्पादन भएका पाला उपत्यकाका साथै काभ्रे, चितवन धादिङ, नुवाकोट, पोखरा लगायतका स्थानबाट लिन आउने गरेको प्रजापतिले बताए ।
अहिले बजारमा प्लाष्टिकका दियोहरू आए पनि माटोको पालाको मागमा भने कुनै कमी नआएको उनको भनाइ छ ।
पहिलेको वर्षका तुलनामा यस वर्ष माटोको पालाको भाउमा कुनै तलमाथि नभएको उनीहरुले जनाएका छन् ।
भक्तपुरका स्थानीय प्रजापतिले अन्य समयमा पनि गमला, खुत्रुके लगायत माटोका सामानहरू बनाउँदै बिक्री–वितरण गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण