टिओबीको टिसर्ट लगाउने तेन्जेनको घरबाट नक्कली पेस्तोल बरामद
सोमबार, २७ असोज २०८२, १६ : ४९
सारांश
- काठमाडौंमा फ्रि-तिब्बत समर्थक समूहको टिसर्ट लगाएका एक युवकको घरबाट नक्कली पेस्तोल बरामद गरियो।
- प्रहरीले युवकलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।
- सामाजिक सञ्जालमा युवकले पेस्तोल कम्मरमा भिरेर बाइक चलाएको भिडियो देखिएको छ।
काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह ‘टिओबी’ को टिसर्ट लगाएर पेस्तोल बोकेका युवकको घरबाट प्रहरीले नक्कली पेस्तोल बरामद गरेको छ । बौद्धस्थित तेन्जिङ दावाको घरबाट नक्कली पेस्तोल बरामद गरिएको काठमाडौँका एसएसपी रमेश थापाले रातोपाटीलाई बताए ।
उनलाई प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । तेन्जिङको ज्याकेटमा लेखिएको टिओबीको अर्थ ‘तिब्बतीयन ओरिजनल ब्लड’ रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
बिजुली बजार पुलमा अर्का एक जना युवकले दिएको पेस्तोल तेन्जिङले कम्मरमा भिरेर बाइक चलाउँदै हिँडेको भिडियो सामाजिक सञ्जालमा देखिन्छ । भिडियोबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण