निर्वाचन आयोगको पदाधिकारी नियुक्तिबारे छलफल
सोमबार, २७ असोज २०८२, १७ : ०२
काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले निर्वाचन आयोगको प्रमुख आयुक्त र एक जना आयुक्तको पदपूर्ति गर्ने विषयमा छलफल थालेको छ ।
सरकारले निर्वाचनलाई पहिलो प्राथमिकता दिएको छ । कार्की नेतृत्वकाे सरकारले संवैधानिक आयोगको पदाधिकारी मध्ये निर्वाचन आयोगमा जोड दिएको हो ।
‘खाली स्थानमा कसरी पदपूर्ति गर्ने भनेर आन्तरिक छलफल भएको हो । निर्णय त भइसकेको छैन,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।
निर्वाचन आयोगको प्रमुख आयुक्तमा पूर्वसचिव दिनेश थपलियाको पदावधि गत चैत ८ गते सकिएपछि अहिले उक्त पद रिक्त छ ।
जेनजीहरुले सरकारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सहित अन्य आयुक्त हटाउन समेत दबाब दिइरहेकाे बताइएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण