मनास्लु क्षेत्रबाट पोल्याण्डका नागरिकको उद्धार
सोमबार, २७ असोज २०८२, २१ : ३८
सारांश
- मनास्लु क्षेत्रमा भ्रमणमा आएका पोल्याण्डका एक पर्यटकको हेलिकप्टरबाट उद्धार गरियो।
- भालुको आक्रमणबाट घाइते भएकी एक महिलालाई पनि उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगियो।
- दुवै जनालाई चुमनुब्री गाउँपालिकाबाट उद्धार गरिएको थियो।
गोरखा । मनास्लु क्षेत्र भ्रमण गर्न आएका पोल्याण्डका एक पर्यटकको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
राहदानी नम्बर एफई ०४६८९१९ भएका ३६ वर्षीय एडम बर्टोस्ज प्यासिअरबेकलाई आज दिउँसो १३ः०० बजे चुमनुब्री–४ नाम्रुङबाट हेलिकप्टरमार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनी माउण्टेन सनभ्याली ट्रेक कम्पनीमार्फत त्यसतर्फ भ्रमण गर्न गएका थिए । यसैबिच आइतबार भालुको आक्रमणबाट गम्भीर घाइते भएकी चुमनुब्री गाउँपालिका–५ ड्याङकी ७४ वर्षीया टासी भुटी लामाको पनि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
लामाको टाउको, अनुहार, छातीलगायतका भागमा गहिरो चोट लागेको वडाध्यक्ष काल्देन छेवाङले जानकारी दिए । उनलाई उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण