भूमि आयोग खारेजीविरुद्ध किसान र श्रमिक सङ्गठनले प्रदर्शन गर्दै
सारांश
- भूमि समस्या समाधान आयोग खारेजको विरोधमा किसान महासंघले देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेको छ।
- महासङ्घले मंगलबार काठमाडौँमा विरोध प्रदर्शन गर्ने र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने जनाएको छ।
- अध्यक्ष दङ्गालले आयोग खारेज गर्नु संविधानसम्मत नभएको भन्दै भूमिहीन किसानहरू आन्दोलनमा सहभागी हुने बताए।
काठमाडौँ। भूमि समस्या समाधान आयोग खारेज गरिएको विरोधमा अखिल नेपाल किसान महासङ्घ र भूमि अधिकार तथा श्रमिक सङ्गठन* देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेका छन्। अखिल नेपाल किसान महासङ्घले सोमबार पत्रकार सम्मेलन गरेर मंगलबारदेखि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष डा. प्रेम दङ्गालले विरोधस्वरूप मंगलबार काठमाडौँको तीनकुनेमा विरोध प्रदर्शन तथा कोणसभा गर्ने र असोज २९ गते देशभर प्रदर्शन गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने जानकारी दिए।
अध्यक्ष दङ्गालले झन्डै २५ लाखको हाराहारीमा रहेका भूमिहीन किसान, श्रमिक र मुक्त कमैयाहरूलाई संविधानले एक पटक भूमि उपलब्ध गराउने व्यवस्था गरेको भए तापनि निर्वाचित सरकारले गठन गरेको आयोग खारेज गर्नु संविधानसम्मत नभएको बताएका छन्।
उनले यस आन्दोलनमा भूमिहीन किसान र अभियन्ताहरू सहभागी हुने जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको औपचारिक निर्देशन नआएसम्म एमालेका मन्त्रीले राजीनामा नदिने
-
डाटा माइग्रेसन र कर मिलान गरिँदै: अति आवश्यकबाहेक यातायात कार्यालय नजान अनुरोध
-
नक्शाल बाल गृहबाट २० बालबालिकाको उद्धार
-
बागमती प्रदेशमा अत्यावश्यक बाहेकका यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित
-
उत्तरी भियतनाममा बाढी र पहिरोबाट ५ जनाको मृत्यु, तीन बेपत्ता
-
कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाको खोजीमा सेना खटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण