२५ वर्ष पछि भीमसेनले ल्याए ‘कान्छी’
काठमाडौं – गायन क्षेत्रमा तल्लिन भीमसेन लामा २५ वर्षअघि एकाएक हराए । उति बेला चर्चित गायकहरु ओमविक्रम विष्ट, सञ्जय श्रेष्ठ, संजिव प्रधान, हरिश माथेमा र योगेश्वर अमात्यसँगै कार्यक्रमहरुमा उनी गीत गाउँदै हिंडेका थिए ।
यी नै गायक लामा २५ वर्षपछि पुन गायन क्षेत्रमा फर्किएका छन् । लामा यति लामो समयपछि साङ्गीतिक क्षेत्रमा कमब्याक भएका हुन् । विद्यार्थी हुँदा देखिनै गीत गाउँदै हिंडेका लामाको सोख चर्चित गायक बन्ने थियो । आखिर उनी गायक त बने नै तर गायन क्षेत्रबाट लामो समय हराए । अब उनी कमब्याक भएका छन् । उनी नयाँ गीत ‘हे कान्छी...’ लिएर अहिले देखिएका हुन् ।
‘मुसुक्क हाँसी दिंदा ज्यानै लुट्यो’ भन्ने बोलको गीत नै लामाले गाएको पहिलो गीत हो । जुन गीत २०४७ सालमा रेकर्ड गरिएको थियो । विश्व बल्लभको शब्दमा तयार भएको यो गीतलाई शम्भुजित बाँस्कोटाले सङ्गीत दिएका थिए । यही गीतलाई पुन एरेन्ज ६ महिना अघि रिमेक लिएर आएका लामाले अहिले ‘हे कान्छी...’लाई राजधानीमा एक कार्यक्रम बीच सार्वजनिक गरेका छन् ।
कार्यक्रममा वरिष्ठ लोक गायक कुमार वस्नेत, वरिष्ठ कलाकार उत्तम केसी, भकारी एमडीसीका प्रमुख तथा गीतकार बसन्त वित्यासी थापा, मिलापका कृष्ण भुसाल, निर्देशक संजय पाण्डे, काठमाडौं महानगरपालीका वडा नं. ३का वडा अध्यक्ष दीपक केसी लगायतले भीमसेन टी लामालाई नयाँ आगमनका लागि बधाई तथा शुभकामना दिएका थिए ।
विकाश सिल्वालको शब्द र सङ्गीत रहेको ‘हे कान्छी...’को भिडियोलाई संजय पाण्डेले निर्देशन गरेका हुन् । भिडियोमा पूणिमा लामा, दोर्जे लामा र एलीना गुरुङको अभिनय देख्न सकिन्छ ।
कार्यक्रममा गायक शिशिर योगी, सङ्गीतकार रामजी नेपाली, गीतकार सुरेन्द्र राना, साहित्यकार नरप्रसाद धिताल, बरिष्ठ छायाँकार प्रकाश मास्के, दीर्घ गुरुङ, सडकपेटी हरियाली अभियन्ता केपी पौडेललगायतका व्यक्तित्वहरु उपस्थिति रहेको थियो ।
भीमसेन टी लामाले २५ वर्षअघि २५ वटा गीत गाएका थिए । त्यसपछि उनको विश्राम लाग्यो । गायन क्षेत्रबाट उनी टाढिएपछि उनको करिअरको सुरुवात चलचित्र क्षेत्रतर्फ गयो । उनले खेलेको पहिलो चलचित्र सीमारेखा थियो । जुन चलचित्र २०५३ सालमा निर्माण भएको थियो । गीत रेकर्डिङकै सिलसिलामा चलचित्रको अफर आएको लामाले बताए ।
‘एउटी सुन्दरी म माथि मर्छे’ र ‘पहिलो भेटमै भयो हाम्रो चिनारी’ बोलको गीत भीमसेनका त्यतिबेलाका चर्चित गीत थियो । उनका गीतहरु त्यतिबेला रेडियो नेपालबाट खुब बज्ने गरेको उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हौसिएर बजेट बनाउँदा फस्यो पोखरा महानगर, ४५ करोड भुक्तानी रोकिने
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण