बुटवल उपमहानगरद्वारा तिहार तथा छठ पर्वमा प्लास्टिकजन्य फूल प्रयोग नगर्न आग्रह
मङ्गलबार, २८ असोज २०८२, १२ : ५०
सारांश
- बुटवल उपमहानगरपालिकाले तिहार र छठ पर्वमा प्लास्टिकको फूलको बिक्री वितरण नगर्न आग्रह गरेको छ।
- उपमहानगरपालिकाले स्थानीय फूल उत्पादनलाई प्रोत्साहन गर्न सूचना जारी गरेको छ।
- प्लास्टिकको फूलको प्रयोगले वातावरणमा क्षति पुग्ने र सौन्दर्यमा नकारात्मक असर गर्ने जनाइएको छ।
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाद्वारा तिहार तथा छठ पर्वमा प्लास्टिकको फूल बिक्री वितरण तथा प्रयोग नगर्न आग्रह गरिएको छ ।
उपमहानगरपालिकाले सूचना जारी गर्दै स्थानीय फूल उत्पादनलाई प्रोत्साहित गर्न नगर क्षेत्रभित्र प्लास्टिकको फूल बिक्री, वितरण तथा प्रयोग नगर्न आग्रह गरेको हो ।
नगर प्रमुख खेलराज पाण्डेयले जारी गरेको सूचनामा स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको उत्पादन एवं प्रवर्द्धन गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै उपमहानगरपालिकाले प्लास्टिकको फूलको प्रयोगले वातावरणमा क्षति हुने र माटोमा नकुहिने भएकाले वातावरणीय सौन्दर्यमा समेत नकारात्मक असर पर्ने भएकाले स्वदेशी फूलको मात्र प्रयोग गर्न आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउन सक्ने छैन : लामिछाने
-
उपत्यका बर्डफ्लुको ‘हटस्पट’ : ६ लाख कुखुरा र १० लाखभन्दा बढी अण्डा नष्ट
-
विपक्षी दल नेकपाले गर्यो बजेट परिमार्जन गर्नुपर्ने माग
-
चार अदालतबाट मुद्दा संशोधनपछि रवि लामिछानेको राजनीतिक यात्रा सहज दिशा उन्मुख
-
फ्रान्समा गर्मीको कहर : बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाव, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी
-
९६ वर्षका १००० खेलमा विश्वकप फुटबलले कोरेको इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण