महामन्त्रीद्वय थापा र शर्माको प्रस्ताव देउवाद्वारा अस्वीकार
सारांश
- शेरबहादुर देउवाले गगन थापा र विश्वप्रकाश शर्माको प्रस्ताव अस्वीकार गरे ।
- केन्द्रीय समिति बैठकमा महाधिवेशन मंसिरमा गर्ने कार्यतालिकाको प्रस्ताव थियो ।
- एजेण्डामा सहमति नजुटेपछि देउवाले बैठक स्थगित गर्ने तयारी गरे।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्ताव अस्वीकार गरेका छन् । महामन्त्रीद्वय थापा र शर्माले मंगलबारको केन्द्रीय समिति बैठकमा एजेण्डाका रूपमा नियमित महाधिवेशन मंसिरमा हुने गरी कार्यतालिका ल्याउने प्रस्ताव गरेका थिए ।
मंगलबार बिहान भएको भेटमा महामन्त्रीद्वयको त्यो प्रस्ताव देउवाले अस्वीकार गरेको देउवा निकट स्रोतले जानकारी दियो । एजेण्डाबारे महामन्त्रीद्वय र सभापति देउवाबीच कुरा नमिलेपछि केन्द्रीय समिति बैठक सभापति देउवाले आफ्नो वक्तव्य पढेपछि स्थगित गरिएको छ ।
नेताहरुका अनुसार देउवाले महामन्त्रीद्वयलाई महाधिवेशनका विषयमा सल्लाह गरेर मात्रै अघि बढ्नु पर्ने बताएका थिए । केन्द्रीय समितिमा सभापतिसँगको परामर्शमा महामन्त्रीहरूले एजेन्डा पेस गर्ने प्रचलन अनुरुप महामन्त्रीद्वयले एजेण्डाका विषयमा छलफल गर्न देउवालाई भेटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण