विशेष अफरसहित वीरगञ्जमा दिपलको टेस्ट ड्राइभ र एक्सचेन्ज कार्यक्रम बिहीबारदेखि
वीरगञ्ज । एमएडब्लु वृद्धिले वीरगञ्जमा दिपलको नयाँ स्टेट-अफ-द-आर्ट सोरुम उद्घाटनको अवसरमा आगामी ३० असोजदेखि चारदिने ‘टेस्ट ड्राइभ र एक्सचेन्ज कार्यक्रम’ आयोजना गर्ने भएको छ। यस कार्यक्रम अन्तर्गत ग्राहकहरूले दिपल र अवतारका लक्जरी इभी मोडेलहरूको अनुभव लिनुका साथै पुराना सवारी साट्न पनि सक्नेछन्।
कार्यक्रमको मुख्य आकर्षण आईएफ डिजाइन अवार्ड विजेता दिपल एस०५ हुनेछ, जसले हालै सम्पन्न नाडा अटो सोमा ‘शो स्टपर’को रूपमा उल्लेखनीय चर्चा पाएको थियो। रिमोट इन–आउट पार्किङ, क्विन कोपाइलट सी र ५ हजारभन्दा बढी चार्ज साइकल क्षमता भएको गोल्डेन शिल्ड ब्याट्री जस्ता अत्याधुनिक प्रविधिहरूका कारण दिपल एस०५ नेपालमा सार्वजनिक भएको दुई महिनामै ‘हिट इभी’ बनेको कम्पनीले जनाएको छ।
नयाँ मोडेल र रोबोट प्रदर्शन पनि
यस विशेष कार्यक्रमका दौरान दिपल एस०७ आईसीएस, दिपल ई०७, दिपल एल०७, र अल्ट्रा–प्रिमियम इन्टेलिजेन्ट एसयूभी अवतार ११ पनि प्रदर्शनमा रहनेछन्। साथै, कार्यक्रम स्थलमा सहभागीहरूले मानवाकृत रोबोट र कुकुर रोबोटसँग अन्तरक्रिया गर्न पाउनेछन्, जुन मधेश प्रदेशमा पहिलो पटक हुन लागेको हो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण