प्रतिनिधिसभा पुनर्स्थापना कि निर्वाचन ? खतिवडा र भण्डारीको फरक-फरक धारणा
सारांश
- नेपाली कांग्रेसका नेताहरूले प्रतिनिधिसभा पुनर्स्थापना वा निर्वाचनबारे फरक धारणा राखेका छन्।
- केन्द्रीय सदस्य रामहरि खतिवडाले निर्वाचनबाट पछि नहट्ने बताए, तर सरकारले दलहरूसँग संवाद नगरेकोमा चिन्ता व्यक्त गरे।
- डा. चन्द्र भण्डारीले जेनजीका माग सम्बोधनका लागि प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने धारणा राखे।
काठमाडौँ । नेपाली कांग्रेसका नेताहरूले प्रतिनिधिसभा पुनर्स्थापना कि निर्वाचन भन्नेमा फरक फरक धारणा राखेका छन् । पार्टी केन्द्रीय कार्यसमिति बैठकमा भाग लिन पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका नेताहरूले फरक फरक धारणा राखेका हुन् ।
केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टी निर्वाचनबाट पछि नहट्ने बताए । तथापि सरकारले निर्वाचन सम्पन्न गर्न राजनीतिक दलहरूसँग संवाद नगरेको भन्दै चिन्ता व्यक्त गरे ।
‘निर्वाचन गराउन सरकार लाग्यो भने त्यसबाट कांग्रेस पछाडि जाँदैन । तर, यो देशमा राजनीतिक दल छन् भन्ने कुरा सरकारले बिर्सेको जस्तो देखिन्छ,’ खतिवडाले भने । उनले राजनीतिक दलसँग संवाद नगरी निर्वाचनको बाटो तयार नहुने बताए ।
अर्का केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले भने जेनजीले उठाएका माग सम्बोधन गर्न प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने बताए । भण्डारीले मुलुकलाई अस्थिरतामा लैजान चाहनेहरूले मात्र पुनर्स्थापनाको मुद्दा अस्वीकार गर्ने बताए ।
‘संविधानमा रहेका केही व्यवस्था परिवर्तन नगर्दासम्म जेनजीले उठाएका माग सम्बोधन हुन सक्दैनन्,’ भण्डारीले भने, ‘संविधान संशोधनका लागि संसद् पुनर्स्थापना गरेर जानु सबैभन्दा उपयुक्त विकल्प हुन्छ। संविधान संशोधन नगर्ने हो भने चुनाव गरेर मात्र समाधान निस्कँदैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण