ट्रेलरमा यस्तो देखियो तक्मेबुढाको फिल्म ‘मैझारो’
काठमाडौँ । विल्सन विक्रम राई (तक्मेबुढा)को लेखन तथा निर्देशन रहेको फिल्म ‘मैझारो’को ट्रेलर सार्वजनिक गरिएको छ ।
निर्माण टिमले मंगलबार सार्वजनिक गरेको तीन मिनेट ४९ सेकेण्डको ट्रेलरमा प्रेमका एक व्यक्तिले गर्ने संघर्ष र त्यसपछि उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ। ट्रेलरमा फिल्मका मुख्य कलाकार धीरज मगर, मिरुना मगर, दिया पुनदेखि दयाहाङ राईसम्म देखिएका छन् । निर्देशक विल्सन आफै पनि देखिएका छन् ।
निर्देशक राईकै कथा रहेको फिल्म पूर्वको इलाम पाँचथर आसपासमा खिचिएको हो। तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बू लगायतका कलाकारको पनि अभिनय छ ।
फिल्मका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले संगीत भरेका छन् । सौरभ लामाको छायांकन रहेको फिल्म फिल्मको वितरण जिम्मा आरआर फिल्मसले लिएको छ। डिजिटल अधिकार भने ओएसआरले लिएको छ।
फिल्म तिहारको भाइटीका अर्थात् कातिक ७ गतेबाट देशभर रिलिज हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण