यो वर्ष होम एन्ड अवेका आधारमा ए डिभिजन लिग नहुने
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यो वर्ष होम एन्ड अवे अवधारणमा लिग नहुने जानकारी दिएको छ ।
मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै एन्फाले होम एन्ड अवेको अवधारणमा अर्को वर्ष मात्र लिग गर्न सम्भव हुने जानकारी दिएको हो । एन्फाका महसचिव किरण राईले लिग खेल्ने क्लबहरूले नै १० महिना समय माग गरेका कारण यो वर्ष लिग होम एन्ड अवेमा नहुने जानकारी दिए ।
उनले छठ पर्वपछि सबै माहोल समान्य हुने र एन्फाले क्लबहरूसँग छलफल गरेर लिग कुन तरिकाले कहाँ गर्ने भन्ने अन्तिम निर्णय आउने जानकारी दिए ।
‘ए डिभिजन लिग क्लबहरूले १० महिना समय माग्दा लिग यो वर्ष होम एन्ड अवे अवधारणमा नहुने भएको हो, लिग कसरी गर्ने भन्ने विषयमा हामी छलफल गर्नेछौँ,’ राईले पत्रकार सम्मेलनमा भने ।
यता क्लबहरूले भने गत शनिबार लिग जस्तोसुकै प्रणालीमा गरे पनि आफूहरू खेल्न तयार भएको जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण