नेपालसँग १६ महिनालाई धान्ने विदेशी सञ्चिति
मङ्गलबार, २८ असोज २०८२, १७ : ३३
काठमाडौँ । नेपालसँग भएको विदेशी सञ्चिति २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको भदौसम्म सो बराबरको रकम पुगेको हो । यो २० अर्ब ४१ करोड अमेरिकी डलर बराबर हो ।
उक्त सञ्चितिले नेपालमा हुँदै आएको वस्तु तथा सेवा आयात गर्दा १६ महिना र वस्तु आयात गर्दा १९.७ महिनालाई धान्ने राष्ट्र बैंकले जनाएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये २५ खर्ब ८२ अर्ब ३८ करोड पुगेको र बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग २ खर्ब ९८ अर्ब ९७ करोड कायम भएको छ ।
२०८२ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण