बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
आयात

तिहारलाई आयातको भर : झिलीमिली बत्तीदेखि भाइमसलासम्म

मङ्गलबार, २८ असोज २०८२, २० : ११
मङ्गलबार, २८ असोज २०८२

काठमाडौँ । तिहारका लागि आवश्यक पर्ने झिलिमिलि बत्ती होस् या भाइमसलाको रुपमा प्रयोग गरिने ड्राइफ्रुट्स बाहिरी मुलुकबाट आयात हुन्छन् । भन्सार विभागको तथ्यांक अनुसार भियतनाम, पेरु, ओमान, जोर्डन, बहराइन लगायत मुलुकबाट काजु, बदाम, किसमिस आयात हुन्छ । 

यस वर्ष तिहारका लागि चीनबाट २५ करोड रुपैयाँ मूल्य बराबरका झिलिमिली बत्ती आयात गरेको व्यवसायीहरुले बताएका छन् । यस्तै तिहारमा भाइमसलाका रुपमा प्रयोग हुने काजु, बदाम, पिस्ता, ओखरलगायत ड्राइफ्रुड्स एक अर्ब भन्दा बढीको आयात हुने गरेको छ । 

भन्सार विभागको तथ्यांक हेर्ने हो भने अघिल्लो वर्षको तिहारका लागि असोज मसान्तसम्ममा १ अर्ब ११ करोड रुपैयाँ बराबरको ड्राइफ्रुट्स आयात भएको थियो । यो वर्ष अघिल्लो वर्षको तुलनामा तिहार चाँडै छ । यस वर्ष भदौमै १ अर्ब ८४ करोड रुपैयाँ बराबरको ड्राइफ्रुट्स आयात भइसकेको छ । 

कुन कति मूल्यको भित्रियो ? 

चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा आयात भएको ड्राइफ्रुट्समध्ये सबैभन्दा धेरै ४७ करोड ९ लाख ३४ हजार रुपैयाँको सुपारी आयात भएको छ । यस्तै ३७ करोड ६४ लाख ५१ हजार रुपैयाँको किसमिस आयात भएको छ । २६ करोड ९७ लाख रुपैयाँ बराबरको नरिवल, २४ करोड ६४ लाख २ हजार रुपैयाँको ओखर आयात भएको छ । 

यस्तै २३ करोड ७९ लाख ७९ हजार रुपैयाँको बदाम, १७ करोड ८० लाख ३० हजार रुपैयाँको बदाम, २ लाख ४३ हजार रुपैयाँको कटुस, ४ करोड ६ लाख ६३ हजार रुपैयाँको पिस्ता, २ लाख ८८ हजार रुपैयाँको अन्जिर, ६१ लाख ७४ हजार रुपैयाँको छोकडा र १३ लाख ३७ हजार रुपैयाँ बराबरको अन्य ड्राइफ्रुट्स आयात भएको छ ।

कुन देशबाट कति मूल्यको भित्रियो ? 

भन्सार विभागका अनुसार सबैभन्दा बढी इन्डोनेसिया ४६ करोड २९ लाख ६४ हजार रुपैयाँको आयात भएको छ । यस्तै भारत ३८ करोड ३३ लाख ३१ हजार रुपैयाँ, चीनबाट २५ करोड ८१ लाख २२ हजार रुपैयाँको अमेरिकाबाट २३ करोड ६४ लाख ४० हजार रुपैयाँको आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । 

यस्तै बहराइन १७ हजार, क्यामरुन १ हजार, चिली २ करोड ७८ लाख १९ हजार, हङकङ ८ हजार, जापान १ हजार, जोर्डन २ हजार, केन्या २ लाख ४९ हजार, कुवेत २ लाख २० हजार रुपैयाँ बराबरको ड्राइफ्रुट्स आयात भएको छ । 

यस्तै मलेसिया ७९ लाख ७० हजार, नाइजेरिया २ हजार, ओमान २० हजार, पेरु ८ लाख ४४ हजार रुपैयाँ, भेनेजुएला ३९ लाख २२ हजार, ६ करोड २० लाख ४९ हजार रुपैयाँको आयात भएको छ । यस्तै कतार ४ लाख ५३ हजार, साउदी अरेबिया ३ लाख ३७ हजार, यूएई ५ लाख ८७ हजार, बेलायत १२ हजार, तान्जानियाबाट १ हजार रुपैयाँको आयात भएको छ । 

कहाँबाट आउँछ काजु र बदाम ? 

भियतनाम, भेनेजुएला, बहराइन, ओमानलगायत १० मुलुकबाट काजु आयात हुने गरेको छ । जसमध्ये सबैभन्दा ठुलो परिमाणमा ११ करोड १९ लाख ८ हजार रुपैयाको काजु भारतबाट आयात भएको छ । यसैगरी ६ करोड १८ लाख ४५ हजार रुपैयाँको भियतनामबाट, ३९ लाख २२ हजार रुपैयाँको भेनेजुएलाबाट कतारबाट १ लाख ३५ हजार, यूएईबाट ६४ हजार रुपैयाँको काजु आयात भएको छ । 

साउदी अरबबाट ७४ हजार रुपैयाँ, कुवेत ६० हजार रुपैयाँको, चीनबाट ६ हजार रुपैयाँ, बहराइन ५ हजार, ओमान ९ हजार, मलेसिया १ हजार रुपैयाँको आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । यस्तै बहराइन, ओमान, यूएई, कुवेतलगायत १० मुलुकबाट बदाम आयात भएको छ । सबैभन्दा धेरै अमेरिकाबाट २३ करोड ६४ लाख ३४ हजार रुपैयाँको बदाम आयात भएको छ । 

यस्तै बहराइनबाट ६ हजार, चीनबाट ९ हजार, भारतबाट ८ लाख ९६ हजार, कुवेतबाट १ लाख ४२ हजार रुपैयाँ आयात बदाम भएको छ । यसैगरी मलेसियाबाट २ हजार, ओमानबाट ५ हजार, कतारबाट १ लाख ४८ हजार, साउदी अरबबाट २ लाख ९ हजार, यूएईबाट १ लाख २४ हजार रुपैयाँको बदाम आयात भएको छ । 

चीनबाट ल्याइयो ३६ करोडको किसमिस, ओखर ?  

किसमिस सबैभन्दा धेरै चीनबाट आयात हुने गरेको छ ।  चालु वर्षको भदौ मसान्तसम्ममा ३६ करोड ८४ लाख ३४ हजार रुपैयाँको किसमिस चीनबाट आयात भएको छ । यस्तै ८० लाख ५० हजार रुपैयाँको भारतबाट, ६९ हजार रुपैयाँको कतार, ३४ हजार रुपैयाँको यूएई, ३१ हजार रुपैयाँको साउदी अरेबिया, २५ हजार रुपैयाँको कुवेत र ८ हजार रुपैयाँको किसमिस कुवेतबाट आयात भएको छ ।

ओखर पनि चीनबाट धेरै आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ । यसमध्ये चीनबाट २१ करोड ८३ लाख ३ हजार रुपैयाँको ओखर आयात भएको छ । चिलीबाट २ करोड ७८  लाख १९ हजार रुपैयाँको, भारतबाट २ लाख २१ हजार रुपैयाँ, कतार २८ हजार, १४ हजार रुपैयाँको यूएईबाट ओखर आयात भएको छ । यसैगरी साउदीबाट ८ हजार, नाइजेरियाबाट २ हजार रुपैयाँ, ओमान ३ हजार, बहराइनबाट २ हजार रुपैयाँ, जापान १ हजार रुपैयाँ बराबरको ओखर आयात भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप