विपिनको निधनमा राष्ट्रपति पौडेल मर्माहत
मङ्गलबार, २८ असोज २०८२, २० : १४
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लर्न एण्ड अर्न कार्यक्रममा सहभागी हुन इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधन भएको भन्ने खबरले आफू अत्यन्त मर्माहत भएको बताएका छन् ।
उनले प्यालेष्टेनी समूह हमासको कब्जामा रहेका जोशीको रिहाइको लागि आफूले समेत पटक पटक अथक प्रयास गरेको स्मरण गर्दै अकस्मात् जोशीको निधन भएको भन्ने खबरले आफू स्तब्ध भएको बताएका हुन् ।
उनले जोशीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै दुःखको यस घडीमा शोकाकुल परिवारजन र सबै शुभेच्छुकप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण