संसद् पुनर्स्थापनाबारे आज राजनीतिक दलसँग छलफल गर्दै सभामुख
बुधबार, २९ असोज २०८२, ०६ : ४३
सारांश
- सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाबारे राजनीतिक दलका नेताहरूसँग छलफल गर्दैछन्।
- बिहान ९ बजे १० दलका नेताहरूको बैठक बोलाइएको छ, जसमा पुनर्स्थापनाबारे छलफल हुनेछ।
- सर्वोच्च अदालतमा रिट परेपछि, सभामुखले दलहरूको राय बुझ्न बैठक बोलाएका हुन्।
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाबारे राजनीतिक दलका नेताहरूसँग आज छलफल गर्ने भएका छन् ।
बिहान ९ बजे १० दलका नेताहरूको बैठक बोलाइएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार सभामुख घिमिरेले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, जनता समाजवादी पार्टी, नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई बैठकमा बोलाइएको छ ।
प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै सर्वोच्च अदालतमा रिट परेपछि त्यसबारे कसरी अगाडि बढ्ने भन्ने धारणा बनाउन घिमिरेले बैठक बोलाएका हुन् । पुनर्स्थापनाबारे बैठकमा सभामुख घिमिरेले दलहरूको राय माग्ने अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण