मीनभवनमा स्कार्पियोसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
बुधबार, २९ असोज २०८२, ०८ : ४३
सारांश
- नयाँ बानेश्वरमा स्कार्पियो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
- दुर्घटनामा गोरखाका २३ वर्षीय बालकृष्ण परियारको मृत्यु भएको हो।
- स्कार्पियो चालकलाई प्रहरीले पक्राउ गरेको छ र घटनाबारे अनुसन्धान भइरहेको छ।
काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर स्थित मीनभवनमा गएराति स्कार्पियो र मोटरसाइकल ठोक्किएका छन् । बानेश्वरबाट अगाडि बढेर सिभिल अस्पतालतर्फ मोड्दै गरेको बिएबी ०३६५ नम्बरको स्कार्पियोसँग सोही दिशाबाट आएको मोटरसाइकल ठोक्किएको हो ।
गएराति भएको दुर्घटनामा बा.८१ प ४०१० नम्बरको मोटरसाइकल चालक गोरखा सिरानचोक घर भएका २३ वर्षीय बालकृष्ण परियारको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
स्कार्पियो चालक काठमाडौँको कपन घर भएका ४३ वर्षीय कृष्ण कुमार कुइँकेललाई प्रहरीले पक्राउ गरेको छ । मृतकको शव सिभिल अस्पतालमा छ । घटनाबारे प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण