साङ्गीतिक प्रस्तुतिका लागि अमेरिका उडे दुर्गेश
सारांश
- गायक दुर्गेश थापा सांगीतिक प्रस्तुति दिन मंगलबार अमेरिका प्रस्थान गरेका छन्।
- उनले अमेरिकाका विभिन्न ११ शहरमा सांगीतिक कार्यक्रम गर्नेछन्, जुन अक्टोबर १७ बाट सुरु हुनेछ।
- कार्यक्रम आरएनआर ग्रुप्स एलएलसी लगायतका संस्थाहरूद्वारा आयोजना गरिएको हो।
काठमाडौँ । गायक तथा स्टेज पर्फमर दुर्गेश थापा साङ्गीतिक प्रस्तुतिका लागि मंगलबार अमेरिका उडेका छन् । अमेरिकाका विभिन्न ११ सहरको कार्यक्रममा भाग लिन मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका उडेका हुन् ।
दुर्गेशको पहिलो कार्यक्रम आगामी शुक्रबार (१७ अक्टोबर) अस्टिन टेक्सासबाट सुरु भएर नोभम्बर २२मा डल्लास टेक्सासमा पुगेर सकिनेछ । त्यो बिचमा उनले न्युओर्क, बाल्टिमोड, कोलम्बस, कोलोराडो लगायतका ठाउँमा ११ स्टेजमा प्रस्तुति दिने आयोजकले जानकारी दिएको छ ।
यो टुर आरएनआर ग्रुप्स एलएलसी (रोशन पुरी), पाण्डे होम्स एलएलसी (गणेश पाण्डे), एकेबी कम्पनी एलएलसी (अशिष भडेल)द्वारा आयोजना गरिएको हो भने पिस एण्ड ब्युटी नामक गैर नाफामुखी संस्थाले साझेदारी गरेको छ । दुर्गेशको यो पहिलो अमेरिका टुर भएकाले पनि दर्शकको उल्लेख्य उपस्थिति हुने अपेक्षा आयोजकको छ ।
आयोजक मध्येका एक रोशन पुरीले दुर्गेशलाई पहिलोपटक अमेरिकामा रहेका नेपालीहरू माझ ल्याउन पाउँदा खुसी लागेको बताए ।
सोही कार्यक्रममा गायिका मेलिना राईको पनि प्रस्तुति रहने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण