मधेसमा बन्यो ५ दलको गठबन्धन, कांग्रेस–एमाले सत्ताबाहिर
सारांश
- मधेस प्रदेशमा जितेन्द्र सोनलको नेतृत्वमा ५ दलको गठबन्धनले नयाँ सरकार बनाउने भएको छ।
- लोसपा, जसपा नेपाल, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रको सोनललाई समर्थन छ।
- ५६ सांसदको हस्ताक्षर सहित सोनलले मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन्, कांग्रेस-एमाले सत्ता बाहिरै रहने भएका छन्।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सरकार बनाउनका लागि ५ दलको गठबन्धन बनेको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उपाध्यक्ष तथा लोसपा मधेस संसदीय दलका नेता जितेन्द्र सोनलको नेतृत्वमा नयाँ सरकार बनाउने गरी प्रदेशमा ५ दलको गठबन्धन बनेको हो ।
सोनललाई जसपा नेपाल, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको समर्थन रहेको छ । पाँच दलको गठबन्धन बनेसँगै मधेसमा कांग्रेस-एमाले सत्ता बाहिरै हुने भएका छन् ।
यी ५ दलका ५६ जना सांसदको हस्ताक्षर सँगै सोनलले बुधबार मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका छन् । प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि दिएको समयसीमा आजै अपराह्न ४ बजेसम्म रहेको छ ।
यसअघि काङ्ग्रेस एमाले र जनमतको सहकार्यमा सरकार बन्ने चर्चा थियो। नयाँ प्रक्रिया सुरु नहुँदै यी तीनटा पार्टीले हस्ताक्षर गरेर प्रदेश प्रमुखलाई बुझाइसकेका पनि थिए । तर आज यी पाँच दलको छुट्टै गठबन्धन बनेको हो । जनमतले कांग्रेस–एमालेको साथ छाडेर नयाँ गठबन्धन बनेसँगै नयाँ समीकरण सम्भव भएको हो । मधेसमा नयाँ सरकार गठबन्धका लागि ५४ सांसद आवश्यक पर्छ ।
_aug3tiliqW.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण