जनमतका दुई सांसदले गरे जनस्वराज पार्टीमा सनाखत, सरकार गठनमा कसलाई समर्थन ?
काठमाडौँ । मधेस प्रदेशमा जनमत पार्टीका दुई जना प्रदेश सांसदले जनस्वराज पार्टीमा सनाखत गरेका छन् ।
मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं जनमत पार्टीका प्रदेश सभा सदस्य सतिश सिंह र त्रिभुवन साहले जनस्वराज पार्टीमा सनाखत गरेका छन् ।
निर्वाचन कार्यालय धनुषामा गएर उनीहरुले सनाखत गरेका हुन् । उनीहरू सनाखत गर्न जाँदा दुई पक्षको बिचमा नाराबाजी भएको थियो । जनमत पार्टी र जनस्वराज पार्टीका नेता तथा कार्यकर्ताहरूले नाराबाजी गर्दा दुवै पक्षबिच झडप समेत भएको थियो ।
जनमत पार्टीका १३ सांसद रहेका छन् । त्यसमध्ये दुई जना जनस्वराज पार्टीमा गएपछि जनमत पार्टीसँग ११ सांसद रहेका छन् । यी दुई जनाले कसलाई समर्थन गर्ने भन्ने खुलेको छैन ।
पाँच वटा दल मिलेर लोसपा नेपालका उपाध्यक्ष एवं प्रदेश सांसद जितेन्द्र सोनलको नेतृत्वमा सरकार बनाउन पाँच दलका ५६ जना सांसदले हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका छन् ।
त्यसमध्ये ५४ जना जितेन्द्र सोनलको पक्षमा रहेका छन् । ती दुई जना अहिले कुनै पक्षमा खुलेका छैनन् । जनस्वराज पार्टीका अध्यक्ष दीपेन्द्र साहले आफ्नो पार्टीले कसलाई समर्थन गर्ने भनेर अहिले निश्चित नभएको बताए ।
उनले भने, ‘हामी कांग्रेस, एमालेलाई समर्थन गर्दैनौँ, त्यो निश्चित हो । तर अहिलेको पाँच दल सम्मिलित गठबन्धनलाई समर्थन गर्ने वा तटस्थ बस्ने त्यस बारेमा निर्णय भएको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण