मन्त्री घिसिङ र जर्मन राजदूतबिच भेटवार्ता
सारांश
- मन्त्री कुलमान घिसिङ र जर्मनीका राजदूतबीच भेटवार्ता भयो, जसमा आर्थिक सहकार्यबारे छलफल भयो।
- भेटमा नेपाललाई जर्मनीको सहायता बढाउन र सौर्य, प्रसारण लाइन परियोजनामा सहयोगबारे छलफल भयो।
- मन्त्री घिसिङले हरित त्रिकोण परियोजना र सार्वजनिक संरचना पुनर्निर्माणमा सहयोगको लागि आग्रह गरे।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जबिच शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटमा राजदूत भोल्जले मन्त्री घिसिङलाई सफल कार्यकालको शुभकामना दिएका थिए। भेटमा नेपाल–जर्मनीबिचको आर्थिक सहकार्य, जर्मनीको सहायतामा सञ्चालित सौर्य, लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन र ऊर्जा रूपान्तरण लगायतका विषयमा छलफल भएको थियो।
मन्त्री घिसिङले नेपाललाई जर्मनीले दिँदै आएको सहायता बढाउन आग्रह गरे। उनले जर्मनीको सहयोगमा निर्माण भएका मध्य मर्स्याङ्दी र मर्स्याङ्दी जलविद्युत आयोजनाहरूलाई नेपालको ऊर्जा क्षेत्रको लाइफ लाइन भएको बताए।
मन्त्री घिसिङले पोखरा–बुटवल–भरतपुर हरित त्रिकोण परियोजनाको महत्त्व औँल्याउँदै, ट्रली बस चलाउन र बढ्दो विद्युत् भार व्यवस्थापनका लागि प्रसारण तथा वितरण प्रणालीको विस्तार र सुधार अध्ययनमा सहयोग गर्न आग्रह गरे।
उनले ‘जेनजी आन्दोलन’ का क्रममा क्षति पुगेका सार्वजनिक संरचनाहरूको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय विज्ञ उपलब्ध गराइदिन पनि आग्रह गरेका थिए। राजदूत भोल्जले आगामी डिसेम्बरमा सहायता पुनरावलोकनका लागि जर्मनीबाट टोली नेपाल आउने जानकारी गराए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण