प्रधानमन्त्री कार्की र बेलायतका राजदूतबिच शिष्टाचार भेटवार्ता
सारांश
- प्रधानमन्त्री सुशीला कार्की र बेलायती राजदूत रोब फेनबीच शिष्टाचार भेटवार्ता भयो।
- भेटवार्तामा सुशासन र निर्वाचन सरकारका मुख्य प्राथमिकता रहेकोबारे छलफल भयो।
- बेलायती राजदूतले निर्वाचनका लागि आवश्यक सहयोग गर्ने बताए।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि बेलायती राजदूत रोब फेन नेतृत्वको प्रतिनिधिमण्डलबिच आज शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा विचार आदानप्रदान भएको हाे ।
उक्त भेटमा असामान्य परिस्थितिमा बनेको सरकारका मुख्य प्राथमिकता र जिम्मेवारी सुशासन र निर्वाचन रहेका बताउँदै प्रधानमन्त्री कार्कीले तोकिएको समयमै स्वच्छ र भयरहित वातावरणमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताइन् ।
नेपाल र बेलायतबिचको सम्बन्ध ऐतिहासिक कालदेखि सौहार्दपूर्ण रहेको र आगामी दिनमा थप प्रगाढ बनाउने विषयमा पनि दुवै पक्षले चर्चा गरेका थिए । बेलायती राजदूत फेनले प्रधानमन्त्री कार्कीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोगका लागि बेलायत सरकार तयार रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण