नेपालगन्जकी नबिनाले जितिन् ‘एक्टिंग स्टार’को उपाधि
बिहीबार, ३० असोज २०८२, १२ : २८
सारांश
- एक्टिङ स्टारको उपाधि बाँकेकी नबिना रानाभाटले जितिन्।
- उनले निर्णायक र दर्शक दुवैको मन जितिन् र ट्रफी प्राप्त गरिन्।
- भावना मगर फस्ट रनरअप र इभा घिमिरे सेकेन्ड रनरअप भए।
काठमाडौँ । रियालिटी सो ‘एक्टिंग स्टार’को शीर्ष उपाधि बाँके नेपालगन्जकी नबिना रानाभाटले जितेकी छिन् । बुधबार साँझ आयोजित ग्रान्ड फिनालेमा उनले अन्य प्रतियोगीलाईपछि पार्दै उनी विजेता घोषित हुन सफल भएकी हुन् ।
उनले आफ्नो अभिनयको जादुले दर्शक र निर्णायक दुवैको मन जित्दै उपाधि हात पारेकी हुन् । उनलाई शोका निर्णायक समेत रहेका वरिष्ठ अभिनेता नीर शाहले ट्रफी प्रदान गरे ।
शोमा फष्ट रनरअप भावना मगर र सेकेन्ड रनरअप इभा घिमिरे भए । दुवैले ट्रफी सहित विभिन्न उपहार समेत हात परे ।
एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘एक्टिङ स्टार’ अभिनयमा आधारित रियालिटी शो हो । जसको निर्णायकमा नीर शाहको अलावा अभिनेता अनुप बराल र अभिनेत्री ऋचा शर्मा रहेका थिए ।
अभिनय कला प्रस्फुटन गर्ने उद्देश्यले निर्माण भएको शोका निर्देशक विशाल भण्डारी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण