फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी
सारांश
- स्याङ्जाका तुल्सीराम भण्डारीले व्यावसायिक फूलखेतीबाट पाँच लाख बढी आम्दानी गर्दै आएका छन्।
- उनले दसैँ र तिहारलाई लक्षित गरी फूलखेती गर्दै आएका छन् र बाँदरले अन्नबाली नष्ट गरेपछि फूलखेती सुरु गरेका हुन्।
- भण्डारीले कर्मा ५५५ मेरीगोल्ड जातको फूल लगाएका छन् र यस वर्ष १० लाख बढी आम्दानी गर्ने लक्ष्य रहेको छ।
स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–१ चौघेराका तुल्सीराम भण्डारीले व्यावसायिक फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी गर्दै आएका छन् । पूर्व शिक्षकसमेत रहेका उनले दसैँ र तिहारलाई लक्षित गरी फूलखेती गर्दै आएका हुन् ।
गत असारमा शिक्षण पेसाबाट अवकाश लिएका भण्डारीले फुर्सदको समयलाई सदुपयोग गरी फूलखेती गरिरहेको बताए । दसैँ, तिहार, छठलगायत धार्मिक कार्यहरूलाई लक्षित गरी दुई चरणमा फूलका बिरुवा रोप्ने गरेको उनले जानकारी दिए । दसैँ, तिहारलाई लक्षित गरी तीन रोपनी क्षेत्रफलमा र मङ्सिरपछि उत्पादन हुनेगरी थप दुई रोपनी क्षेत्रफलमा फूलखेती गरेको उनले बताए ।
‘शिक्षण पेसामा रहँदै गर्दा पनि बिहानबेलुकाको समयमा कम मात्रामा फूलखेती गरेको थिएँ’, उनले भने, ‘फूलखेतीबाट मनग्य आम्दानी हुने देखेपछि अहिले पूरै समय व्यावसायिक फूलखेतीतर्फ जोडिएको हुँ ।’
बाँदरले अन्नबाली नष्ट गरिदिएपछि विकल्पका रूपमा सयपत्री फूलखेती थालेको भण्डारीले बताए । अन्नबालीको विकल्पमा फूलखेतीको व्यावसायिक उत्पादन गरेका उनले मागअनुसार फूल पुर्याउन नसेकेको उल्लेख गरे । ‘सयपत्री फूल र मालाको माग अत्यधिक आएको छ’, उनले भने, ‘मागअनुसार उपलब्ध गराउन सकिएको छैन ।’ यहाँ उत्पादन भएको फूल बुटवल, नारायगढ, बर्दघाट, पोखरालगायत स्थानीय बजारमा सजिलै बिक्री हुने गरेको छ ।
उनले ‘कर्मा ५५५ मेरीगोल्ड’ जातको फूल लगाएका छन् । उनलाई श्रीमती र छोरद्वयले सहयोग गरिरहेका छन् । यहाँ उत्पादन भएको फूलको बजारीकरणका लागि माग भई आएका ठाउँमा आफैँ पुर्याउने वा गाडीमार्फत पठाइदिने काम छोराहरूले गर्दै आएका उनले बताए ।
भण्डारीले फूलका थुङ्गा थोकमा प्रतिकिलो रु ३००, फुटकरमा प्रतिकिलो रु ४०० देखि ४५० र माला प्रतिगोटा रु ९० सम्ममा बिक्री गर्दै आएको जानकारी दिए । ग्राहकको मागका आधारमा माला वा फूलका थुङ्गा दुवै बिक्री गर्ने गरेको उनले बताए ।
भण्डारीका अनुसार यस वर्षको हालसम्म करिब रु छ लाखको फूल तथा माला बिक्री भइसकेको छ । तिहारपछि पनि बुटवल तथा स्थानीय बजारबाट फूल र मालाको माग आइसकेको उनले बताए । ‘असारमा लगाएको बेर्नाले दसैँदेखि उत्पादन दिन थालेको हो’, उनले भने, ‘दोस्रो चरणमा लगाएको फूलको उत्पादन मङ्सिरसम्म लिन सकिन्छ ।’
गतवर्ष एकै याममा फूल र माला बिक्रीबाट रु पाँच लाखभन्दा बढी आम्दानी भएको जनाउँदै उनले यस वर्ष रु १० लाख बढी आम्दानी गर्ने लक्ष्य रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण