दलहरू चुनावबाट भाग्ने र सरकारले वातावरण नबनाउने हो भने थप संकटः प्रवक्ता सापकोटा
सारांश
- माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले केही दलहरू चुनावबाट भाग्न खोजिरहेको बताए।
- सरकारले निर्वाचनको वातावरण नबनाए थप संकट निम्तिने उनको चेतावनी छ।
- उनले फागुन २१ गतेको निर्वाचनमा आफ्नो पार्टी सहभागी हुने बताए।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले केही दलहरू चुनावबाट भाग्न खोजिरहेको बताएका छन् । सरकार पनि मिति तोक्ने तर वातावरण बनाउनेतर्फ नलागेको उनको आरोप छ । दलहरू चुनावबाट भाग्ने र सरकारले पनि वातावरण नबनाउने हो भने थप संकट निम्तिने उनको चेतावनी छ ।
बिहीबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै सापकोटाले वर्तमान सरकार जेनजीको मर्मभन्दा फरक ‘काम–कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ जस्तै भएकोसमेत बताए ।
सापकोटाले आफ्नो पार्टी फागुन २१ गतेको निर्वाचनमा सहभागी हुने र अरू सबै दलहरू पनि सहभागी हुनुपर्ने धारणा राखे । उनले भने, 'हामी तयार छौँ, अरू कुनै पनि दल त्यसबाट भाग्न पाइँदैन र वर्तमान सरकारले पनि निर्वाचनको वातावरण बनाउने कुरामा ध्यान दिनुपर्छ ।' उनले वर्तमान अन्तरिम सरकारको मुख्य जिम्मेवारी भनेको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्नु र अहिले त्यसको लागि तयारी गर्नु भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण