शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बिहीबार, ३० असोज २०८२, १७ : २१
बिहीबार, ३० असोज २०८२

सारांश

  • नेपालगन्ज स्विमिङ क्लबले आगामी कार्तिक १४ र १५ गते दोस्रो नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप २०२५ आयोजना गर्ने भएको छ।
  • प्रतियोगितामा देशभरका २०० बढी खेलाडीको सहभागिता रहने र विद्यालय लक्षित प्रतियोगितामा विभिन्न उमेर समूहका प्रतिस्पर्धा हुनेछन्।
  • प्रतियोगितामा राष्ट्रिय रेकर्डको मान्यता मिल्नेछ भने उत्कृष्ट पुरुष र महिला खेलाडीलाई पुरस्कृत गरिनेछ।

नेपालगन्ज । नेपालगन्ज स्विमिङ क्लब बाँकेले राष्ट्रिय पौडी प्रतियोगिता गर्ने भएको छ । क्लबले आगामी कार्तिक १४ र १५ गते दोस्रो नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप २०२५ आयोजना गर्न लागेको हो । 

नेपालगन्ज रङ्गशाला परिसरको पौडी पोखरीमा आयोजना हुने प्रतियोगिताबारे क्लबले बुधबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केशवराज न्यौपानेले देशभरका २०० बढी खेलाडीको सहभागिता रहने जानकारी दिए ।  

विद्यालय लक्षित प्रतियोगितामा ८, १०, १२, १४ र १७ उमेर समूहका अतिरिक्त खुला उमेर समूहबिच प्रतिस्पर्धा हुने अध्यक्ष न्यौपानेले बताए । कुनै सङ्घ संस्था वा क्लबले पनि संस्थागत रूपमा प्रतियोगितामा सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ ।

अन्डर ८ उमेर समूहका खेलाडीहरूले २५ मिटर, अन्डर १० उमेर समूहलाई ५० मिटर, अन्डर १२ र १४ उमेर समूहका खेलाडीबिच ५० र १०० मिटर र खुल्ला उमेर समूहमा २०० र ४०० मिटर दुरीका विभिन्न विभिन्न ५६ वटा इभेन्टमा हुने छन् ।

नेपाल पौडी सङ्घले केन्द्रीय वार्षिक क्यालेन्डर अनुसार आयोजना गरिएकाले प्रतियोगिताको राष्ट्रिय रेकर्डको पनि मान्यता मिल्ने र उत्कृष्ट पुरुष र महिलालाई पुरस्कृत गरिने पौडी प्रशिक्षक चन्दुराम चौधरीले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप