सभामुखद्वारा पूर्वमहान्यायाधिवक्ता तथा बार एसोसिएसनका पदाधिकारीसँग छलफल
सारांश
- सभामुखले संसद विघटनबारे पूर्वमहान्यायाधिवक्ता र बार एसोसिएसनका पदाधिकारीहरूसँग छलफल गरे।
- छलफलमा, पूर्वमहान्यायाधिवक्ताहरूले सभामुखको कर्तव्य र अधिकारबारे स्पष्ट पारे।
- बार एसोसिएसनका पदाधिकारीहरूले संवैधानिक प्रक्रियाबाट समाधान खोज्न सुझाव दिए।
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वमहान्यायाधिवक्ता तथा बार एसोसियसनका पदाधिकारीहरूसँग छलफल गरेका छन् ।
सभामुख घिमिरेले बिहीबार संवैधानिक, राजनीतिक तथा व्यवहारिक दृष्टिकोणहरू बनाउन पूर्वमहान्यायाधिवक्ता तथा बार एसोसिएसनका पदाधिकारीसँग छुट्टाछुट्टै छलफल गरेका हुन् ।
उनले आफूले विगतको अभ्यासका आधारमा संविधानको परिधिभित्र रहँदै लोकतान्त्रिक मर्यादामा रहेर निर्णय लिने बताए ।
उनले भने,संसद् पुनर्स्थापना भयो भने वर्तमान जनादेशलाई निरन्तरता दिँदै तत्कालै जेनजी पुस्ताको माग तथा राजनीतिक, सामाजिक र सुशासनका एजेन्डाहरू संसद् र सरकारमार्फत संवैधानिक विधिबाटै सम्बोधन गर्न सकिने अवस्था सिर्जना हुन्छ । संविधानअनुसार नयाँ निर्वाचन सम्पन्न नगरेसम्म कार्यकारी र विधायिकाको पुनर्संरचना सम्भव हुँदैन ।त्यसपछि मात्रै संविधान संशोधनको प्रक्रिया प्रारम्भ हुन सक्छ, यो दीर्घकालीन प्रक्रिया हो ।
उनले वर्तमान संसद् पुनर्स्थापना भई विधायिकाको अधिकार पुनर्स्थापित भए नीति सुधारका लागि आवश्यक संवैधानिक संशोधनका प्रस्तावहरू अघि बढाउन सकिने समेत उनले बताए ।
छलफलमा पूर्वमहान्यायाधिवक्ताहरूले प्रतिनिधि सभाको अधिकार क्षेत्र, कार्यकाल र विघटनको वैधानिकता स्पष्ट पार्ने कर्तव्य सभामुखको भएको बताए ।
सभामुखले आफ्नो दायित्व संविधानको परिधिभित्र रहेर संस्थागत निर्णयमार्फत अगाडि बढाउन सक्ने उनीहरुले बताए ।
त्यस्तै नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले संसद् विघटनले उत्पन्न स्थितिलाई संवैधानिक प्रक्रियाबाट समाधान गर्न सभामुखले संस्थागत नेतृत्वका लागि स्वविवेकीय अधिकार प्रयोग गर्न सक्ने बताए ।
प्रतिनिधि सभाको प्रमुख संरक्षकको हैसियतले सभामुखले राजनीतिक दलहरूबिच संवादको वातावरण सृजना गरी संविधानवाद र विधिको शासन जोगाउन पहल गर्नुपर्ने बताए ।
छलफलमा पूर्वमहान्यायाधिवक्ताहरू महादेव यादव, प्राडा भरतबहादुर कार्की, खम्ब खाती नेपाल बारका अध्यक्ष विजयप्रसाद मिश्र, महासचिव केदार कोइराला र कोषाध्यक्ष जगतबहादुर कार्की लगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण