सरकार भयको साम्राज्य खडा गरेर आफ्नो आयु लम्ब्याउनेतर्फ लाग्यो : महेश बर्तौला
काठमाडौँ । नेकपा एमालेका नेता महेश बर्तौलाले मुलुक अहिले असंवैधानिक र अलोकतान्त्रिक मार्गबाट अघि बढिरहेको बताएका छन् ।
बिहीबार केन्द्रीय कमिटीको बैठकस्थलमा उनले यस्तो बताएका हुन् । उनले यसलाई संवैधानिक र लोकतान्त्रिक मार्गमा ल्याउनु अहिलेको मुख्य कार्यभार भएको जिकिर गरे ।
निर्वाचन र संसद् पुनःस्थापनाको बाटोबाटै यसलाई सही दिशामा लैजान सकिने बताए । सरकारको गतिविधि र क्रियाकलाप नियाल्दा तोकिएको मितिमा निर्वाचन हुने अवस्था नदेखिएको दाबी गर्दै सरकार मुलुकमा भयको साम्राज्य सिर्जना गरेर त्यसमार्फत आफ्नो आयु लम्ब्याउने चालमा रहेको आरोप लगाए ।
सरकार राजनीतिक दलहरूसँग संवाद गरेर सहमतिको बाटोमा अघि बढ्नुको सट्टा निषेधका रूपमा अघि बढेको बताए । असंवैधानिक ढङ्गबाट बनेको सरकारले फागुन २१ मा निर्वाचन नगराउने कुरा घाम जत्तिकै छर्लङ्ग रहेको बताए ।
देश थप दुर्घटनातिर जानसक्ने अवस्था रहेको बताए । नेकपा एमाले निर्वाचन जनताको बीचमा गएर परिचित हुने हरेक कुरालाई स्वीकार गर्ने जिकिर गरे ।
उनले संसदको पुनःस्थापना भनेर मात्रै नपुग्ने भन्दै संसद् पुनःस्थापना भएपछि के गर्ने भन्ने कुरा पनि स्पष्ट हुनुपर्ने बताए ।
पुनःस्थापित संसद्मा रहेका सबै राजनीतिक दलहरूको सर्वदलीय सरकार निर्माण गर्ने, संविधानको संशोधन के विषयमा गर्ने भन्नेमा विषयवस्तु किटान गर्नुपर्ने बताए ।
दलीय सरकारको नेतृत्वमा ताजा जनादेशको लागि मध्यावधिमा देशलाई लैजानुपर्ने बताए । त्यसो भएको खण्डमा मात्रै जेनजीका मागहरू सम्बोधन हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण