बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग
सारांश
- बङ्गलादेशका अभियोजकहरूले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग गरेका छन्।
- शेख हसिनामाथि विद्यार्थी प्रदर्शन दबाउँदा मानवता विरुद्धको अपराध गरेको आरोप लागेको छ, जसमा सुरक्षा बलको कारबाहीमा धेरै मानिस मारिएका थिए।
- उनले प्रदर्शनकारीहरू विरुद्ध घातक हतियार प्रयोग गर्न आदेश दिएको अडियो क्लिप बाहिर आएको छ, तर हसिनाले आरोप अस्वीकार गरेकी छिन्।
इस्लामाबाद । बङ्गलादेशका अभियोजकहरूले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग गरेका छन् । गएको वर्ष विद्यार्थीको नेतृत्वमा भएको सरकारी जागिरमा आरक्षणको व्यवस्थाको विरोधमा भएको प्रदर्शनलाई दबाएकोमा उनीमाथि मानवता विरुद्धको अपराधको आरोप लगाइएको छ ।
बङ्गलादेशमा यी विद्यार्थी प्रदर्शनहरू हिंसात्मक भएका थिए । प्रदर्शन दबाउन भएको सुरक्षा बलको कारबाहीमा धेरै मानिसहरू मारिएका थिए । यही हिंसाले शेख हसिनालाई सत्ताबाट हटाएको थियो । ज्यान जोगाउन हशिना देश छाडेर भारत भागेकी थिइन् । हसिना अहिले पनि भारतकै शरणमा छिन् ।
उनको विरुद्ध चलिरहेको मुद्दाको क्रममा एउटा लीक भएको अडियो क्लिप बाहिर आएको छ । जसमा उनले सुरक्षा बललाई प्रदर्शनकारीहरू विरुद्ध घातक हतियार प्रयोग गर्न आदेश दिएको आरोप छ । तर हसिनाले भने यी आरोपहरूलाई अस्वीकार गरेकी छिन् । गत वर्षको हिंसामा लगभग १ हजार ४०० मानिस मारिएका थिए । यसलाई १९७१ को स्वतन्त्रता युद्ध पछि बङ्गलादेशमा भएको सबैभन्दा खराब हिंसा मानिन्छ ।
‘हसिनाले १ हजारर ४०० मृत्युदण्ड पाउनुपर्छ ।’ बङ्गलादेशका प्रमुख अभियोजक ताजुल इस्लामले भने । मानवीय रूपमा सम्भव नभएकोले आफूहरूले कम्तीमा एउटा मृत्युदण्ड मागेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण