निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्छु: प्रधानमन्त्री कार्की
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताइन्।
- उनले निर्वाचनको तयारीमा सरकारको ध्यान केन्द्रित रहेको र बाह्य मतदान प्रणालीको सम्भावना खोजिरहेको बताइन्।
- प्रधानमन्त्रीले जेनजी आन्दोलनको छानबिन र भ्रष्टाचारको अनुसन्धान सुरु गर्ने जानकारी गराइन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएकी छन् ।
शुक्रबार सिंहदरबारमा विभिन्न कूटनीतिक निकायका प्रमुख तथा राजदूतहरूलाई ब्रिफिङ गर्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछिको परिस्थितिमा आफूले प्रधानमन्त्री पदलाई स्वीकार गरेको भन्दै स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाचन गरेर लोकतान्त्रिक रूपमा निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएकी हुन् ।
प्रधानमन्त्री कार्कीले सरकारको सम्पूर्ण ध्यान निर्वाचनको तयारीमा केन्द्रित रहेको उल्लेख गरिन् । अस्थायी रूपमा विदेशमा रहेका नेपाली नागरिकहरूको लागि विश्वव्यापी मताधिकारको सिद्धान्तलाई क्रमशः साकार पार्न बाह्य मतदान प्रणालीको सम्भावनाको पनि खोजी गरिरहेको प्रधानमन्त्री कार्कीले बताइन् । लोकतान्त्रिक अभ्यासको पारदर्शिता र विश्वसनीयता कायम राख्न अन्तर्राष्ट्रिय पर्यवेक्षणले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै उनले निर्वाचनको यात्रामा मित्रराष्ट्रहरूको निरन्तर सद्भाव र समर्थन हुने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले जानकारी दिए । त्यस्तै परराष्ट्र सम्बन्ध र नीतिका बारेमा पनि प्रधानमन्त्रीले जानकारी गराएको उनले बताए ।
छलफलका क्रममा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाको सत्यतथ्य छानबिनका लागि न्यायिक जाँचबुझ आयोग गठन गरेको जानकारी गराउँदै भ्रष्टाचारका विषयमा पनि समेत विश्वसनीय, निष्पक्ष अनुसन्धान सुरु गर्ने बताइन् ।
उनले आन्दोलनको क्रममा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र पुनर्स्थापना गर्नका लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेकाले विकास साझेदारबाट सहयोग हुने विश्वास व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशी क्रिकेटरमाथि दुर्व्यवहार, तीन प्रहरी अधिकारी निलम्बित
-
चालु आर्थिक वर्षको ११ महिनामा पुँजीगत खर्च ३२ दशमलव ५३ प्रतिशत
-
कोशीमा कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै बजेट सार्वजनिक
-
नेपाली चिया निर्यातमा भारतीय अवरोध: तत्काल कूटनीतिक पहल गर्न महासंघको माग
-
कोशी बजेट : शिक्षा र सामाजिक क्षेत्रमा ३ अर्ब १० करोड
-
अमेरिका–इरान सम्झौताप्रति इजरायली मन्त्रीहरूको असन्तुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण