सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जेनजीको भावनाअनुसार काम गर्न मुख्यमन्त्री सोनललाई मोर्चाको सुझाव

शुक्रबार, ३१ असोज २०८२, १७ : २३
शुक्रबार, ३१ असोज २०८२

सारांश

  • सङ्घीय लोकतान्त्रिक मोर्चाले मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनललाई भ्रष्टाचार अन्त्य गर्न सुझाव दिएको छ।
  • मोर्चाले संघीयतालाई बलियो बनाउने गरी कार्य गर्न र जनताको भावनालाई सम्बोधन गर्न आग्रह गरेको छ।
  • मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल लगायतका सात दलहरू आबद्ध छन्।

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक मोर्चाले मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनललाई भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति गराउने गरी काम गर्न सुझाव दिएको छ ।

मोर्चाले शुक्रबार मुख्यमन्त्री सोनललाई सो सुझाव दिएको हो । सोनललाई शुभकामना तथा बधाई दिँदै मोर्चाले सङ्घीयतालाई बलियो बनाउने गरी कार्य गर्न समेत सुझाव दिएको छ । मोर्चाले प्रदेशका जनता, जेनजी आन्दोलनको भावना, आकांक्षा र आवश्यकतालाई सम्बोधन गर्दै प्रभावकारी कार्य परिणाम प्रदान गर्न सुझाव दिएको एक नेताले जानकारी दिए । 

मोर्चामा आबद्ध दलहरू आगामी दिनमा पनि यस्तै एकता, समन्वय र साझा प्रतिवद्धताका साथ अघि बढ्ने विश्वास समेत मोर्चाले व्यक्त गरेको छ । सात दलीय मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, सिके राउत नेतृत्वको जनमत पार्टी, ह्रदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र बृषेशचन्द्र लाल नेतृत्वको तमलोपा रहेका छन् । 

सङ्घीय लोकतान्त्रिक मोर्चाकै निर्णयबाट लोसपा नेपालका उपाध्यक्ष जितेन्द्र सोनललाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । मोर्चाको तर्फबाट सोनललाई साझा उम्मेदवार बनाइएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप