आसिफ र दीपेन्द्रको अर्धशतकमा नेपालले दियो सामोआलाई २१२ रनको लक्ष्य
काठमाडौँ । आसिफ शेख र दीपेन्द्र सिंह ऐरीको अर्धशतकको मद्दतमा नेपालले सामोआलाई २१२ रनको लक्ष्य दिएको छ ।
शुक्रबार अल इमिरेट्स क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा सामोआलाई २१२ रनको लक्ष्य दिएको हो । नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २११ रन बनायो ।
नेपालका लागि आसिफले ४१ बलमा ७ चौका र ४ छक्काको सहयोगमा ६९ रनको अर्धशतकीय पारी खेले ।त्यस्तै दीपेन्द्रले ३३ बलमा २ चौका र ४ छक्काको सहयोगमा ५३ रनकको अर्धशतकीय पारी खेले ।
नेपालका लोकेश बमले ३९ रन बनाउँदा कप्तान रोहित कुमार पौडेलले २१ रनको योगदान गरे । सामोआका लागि डेनियल बुर्ग्स, सामुनी ताइ, दारिस भिसुर्स र नोह मेडले एक एक विकेट लिए ।
नेपाल आजको खेलमा जित निकाल्दै छनोट प्रतियोगिताको ट्रफी जित्ने योजनामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण