अपडेट
ओलीको विशेष प्रस्ताव पारित गर्दै एमाले केन्द्रीय समिति बैठक सकियो
शुक्रबार, ३१ असोज २०८२, १८ : २०
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय समिति बैठक शुक्रबार सम्पन्न भएको छ । पोखरामा ११ औँ महाधिवेशन गर्ने प्रस्ताव पारित गर्दै राजधानीको जावलाखेलमा बैठक सम्पन्न भएको हो ।
असोज २९ पहिलो दिन आफ्नो विशेष प्रस्ताव पेस गर्दै ओलीले मंसिर २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए ।
यसैबिच नेकपा ओलीको प्रस्तावमाथि उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले फरक मत राखेका छन् ।
जारी केन्द्रीय समिति बैठकमा शुक्रबार अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा लिएर अगाडि जानुपर्ने प्रस्ताव राखेका थिए ।
उक्त प्रस्तावमाथि असहमति जनाउँदै शाक्य र ज्ञवालीले फागुन २१ गतेको चुनावमा केन्द्रित भएर पार्टी अगाडि बढ्नुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली चिया निर्यातमा भारतीय अवरोध: तत्काल कूटनीतिक पहल गर्न महासंघको माग
-
कोशी बजेट : शिक्षा र सामाजिक क्षेत्रमा ३ अर्ब १० करोड
-
अमेरिका–इरान सम्झौताप्रति इजरायली मन्त्रीहरूको असन्तुष्टि
-
गण्डकीका जनताका घरघरै धारा पुर्याउन १ अर्ब ७ करोड बजेट
-
नेकपा माओवादीले गर्यो सचिवालय सदस्य उमा भुलेललाई जिम्मेवारी मुक्त
-
गण्डकीको एक तिहाइ बजेट भौतिक पूर्वाधारमा, पोखरामै लाइसेन्स छाप्न बजेट विनियोजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण