पोखरा विश्वविद्यालयबाट पहिलोपटक एआई विषयमा स्नातक कार्यक्रम सञ्चालन
सारांश
- पोखरा विश्वविद्यालयले पहिलो पटक कृत्रिम बौद्धिकता र तथ्याङ्क विज्ञान विषयमा स्नातक तहको कार्यक्रम सुरु गरेको छ।
- ललितपुरको च्यासलस्थित श्रमिक शान्ति क्याम्पसले यस शैक्षिक सत्रबाट भर्ना खोलेको छ, जसले एआईको क्षेत्रमा जनशक्ति अभाव पूरा गर्नेछ।
- विश्वविद्यालयले कम्प्युटर विज्ञान, सूचना प्रविधि, र कानुन विषयमा पनि स्नातक कार्यक्रमहरू सुरु गरेको छ, जसमा शुल्क र छात्रवृत्तिको व्यवस्था छ।
काठमाडौँ । पोखरा विश्वविद्यालयले पहिलोपटक आङ्गिक क्याम्पसबाट कृत्रिम बौद्धिकता र तथ्याङ्क विज्ञान विषयमा स्नातकतहको कार्यक्रम (बीएआइडीएस) सुरु गरेको छ ।
सो विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा काठमाडौँ उपत्यकामा सञ्चालित ललितपुरको च्यासलस्थित श्रमिक शान्ति क्याम्पसले यस शैक्षिक सत्रबाट उक्त विषयमा भर्ना खोलेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
विश्वविद्यालयका विज्ञान तथा प्रविधि सङ्कायका डीन सह प्रा बुद्धिराज जोशीले बजारकोे आवश्यकता र समयको मागलाई सम्बोधन गर्दै एआई विषयमा अध्यापन गराउने निर्णय भएको जानकारी दिए ।
विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्धन केन्द्रका कार्यकारी निर्देशक सह प्राडा दीपाञ्जल श्रेष्ठले एआईका क्षेत्रमा बजारमा आवश्यकभन्दा न्यून जनशक्ति रहेको अवस्थामा विश्वविद्यालयले आङ्गिक क्याम्पसबाट यो कार्यक्रम सुरु गरेको बताए । विगतमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेको श्रमिक शान्ति कलेजको शैक्षिक व्यवस्थापन अबदेखि पोखरा विश्वविद्यालयले गर्ने भएको हो ।
कलेजले कम्प्युटर विज्ञान र सूचना प्रविधि विषयमा स्नातक (बीसीएसआइटी) र मानविकी सङ्कायमा कानुनको स्नातक (बिएआइएलबी) पनि सुरु गरेको छ । यी कार्यक्रममा प्रतिकोर्स रु चार लाख ३० हजारदेखि रु चार लाख ९२ हजारसम्म शुल्क निर्धारण गरिएको र २० प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिमा पढाइने विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन डा.सुरेन्द्र तिवारीले बताए ।
विश्वविद्यालयका उपप्रशाक सानु घलेका अनुसार विश्वविद्यालयमा पाँच आङ्गिक क्याम्पस, तीन संयुक्त आङ्गिक क्याम्पस र ५८ सम्बन्धन प्राप्त क्याम्पसमा गरी करिब ४० हजार विद्यार्थी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण