नारायणकाजी र वर्षमान बालुवाटारमा, प्रधानमन्त्रीलाई दिए यस्ता सुझाव
सारांश
- माओवादी केन्द्रका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरी समसामयिक राजनीतिक विषयमा छलफल गरे।
- भेटमा नेताहरूले राजनीतिक दलहरूलाई विश्वासमा लिएर अघि बढ्न र सर्वदलीय बैठक बोलाउन सुझाव दिए।
- प्रधानमन्त्री कार्कीले शान्ति सुरक्षामा चिन्ता नलिन र पहल गर्ने आश्वासन दिइन्।
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र वर्षमान पुनले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा उनीहरुले समसामयिक राजनीतिक विषयमा छलफल गर्दै विभिन्न सुझावहरू दिएका छन्।
भेटमा माओवादी नेताहरूले राजनीतिक दलहरूलाई विश्वासमा लिएर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।
उनीहरुले जेनजीसहितको सर्वदलीय बैठक बोलाउन पनि आग्रह गरेका छन्। माओवादी जुनसुकै हालतमा पनि चुनाव तयार रहेको आफूले प्रधानमन्त्रीलाई जानकारी गराएको भन्दै श्रेष्ठले चुनावको वातावरण बनाउने काम सरकारको भएको धारणा राखे ।
राष्ट्रपति निवासमा भएको छलफलको भावनालाई बुझेर जेनजी र दलहरूसहितको सबै पक्षलाई समेट्ने गरी तत्कालै सर्वपक्षीय बैठक बोलाउन प्रधानमन्त्रीलाई आग्रह गरेको समेत उनको भनाइ थियो ।
प्रधानमन्त्री कार्कीले शान्ति सुरक्षामा कुनै चिन्ता नलिन र आफूले पहल गर्ने बताएको श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
-
वैदेशिक रोजगारीका पीडितका लागि अनलाइन उजुरी प्रणाली सुरु, काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण