‘जेनजी’ आन्दोलन अपहरित, पश्चगमन प्रमुख खतरा : नेकपा (बहुमत)
सारांश
- नेकपा (बहुमत) को बैठकले जेनजी आन्दोलनको समीक्षा गर्दै पश्चगमनलाई प्रमुख खतरा मानेको छ।
- पार्टीले नोकरशाही दलाल पुँजीवादी व्यवस्थाको असफलता र सरकारको भ्रष्टाचारविरुद्ध जनताको आक्रोश रहेको जनाएको छ।
- पार्टीले राष्ट्रिय स्वाधीनता र जनताको सार्वभौमिकताको रक्षाका लागि कार्यगत एकताको आह्वान गरेको छ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को स्थायी समिति बैठकले देशको समसामयिक विषयमा विभिन्न निर्णयहरू गरेको छ। पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’को अध्यक्षतामा असोज २९ र ३० गते बसेको बैठकले जेनजी आन्दोलनको समीक्षा गर्दै पश्चगमनलाई प्रमुख खतरा मानेको छ।
बैठकले गत भदौ २३ र २४ गते जेनजीको आह्वानमा नेपालका युवा र आम जनताले गरेको आन्दोलनको मूल्याङ्कन सही रहेको निष्कर्ष निकालेको छ। आन्दोलन हुनुका मुख्य कारणहरूमा नोकरशाही दलाल पुँजीवादी संसदीय व्यवस्थाको पूर्ण असफलता, जनतामा निराशा र आक्रोश, सरकारले सत्तामा अभ्यास गरेको फाँसीवादी अराजकतावाद र निरंकुशतावादी एकाधिकारवाद जस्ता आन्तरिक कारणहरूको प्रमुख भूमिका रहेको निष्कर्ष पार्टीले निकालेको छ। यद्यपि, युवा पुस्तासहित जनताको आन्दोलनलाई अपहरण गर्ने ‘डाटा सभ्रान्त’ र विदेशी साम्राज्यवादी षड्यन्त्रको सहायक भूमिका रहेको विश्लेषण गरिएको छ।
पार्टीले देशमा रहेको नोकरशाही दलाल पुँजीवादी व्यवस्थाको असफलता, सरकारी भ्रष्टाचार, त्यसका विरुद्ध जनताको आक्रोश र निराशाको परिणाम कुनै पनि समयमा आन्दोलन विस्फोटको अवस्थामा थियो भन्ने निष्कर्ष निकालेको छ। संसदवादी पार्टीका सबै प्रयत्न असफल भएका थिए र कुनै पनि बेला राजनीतिक विस्फोट हुनु अनिवार्य थियो।
बैठकका अनुसार ‘जेनजी’ को पहिचानमा युवाहरूले राजनीतिक अस्थिरता अन्त्य गर्ने, जन निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्ने, भ्रष्टाचार अन्त्य गर्ने र २०४७ यताका उच्च पदस्थहरूले भ्रष्टाचार गरी कमाएको सम्पत्ति फिर्ता गर्ने उद्देश्यले आन्दोलन गरे। तर, यो आन्दोलन युवाहरूको हातबाट अपहरित हुँदै डाटा सभ्रान्तु र साम्राज्यवादका गोटीहरूको हातमा पुग्यो।
आन्दोलनबाट प्राप्त शिक्षा र खतरा
यो आन्दोलनले नेकपा (बहुमत) ले अघि सारेका राजनीतिक कार्यदिशा, कार्यनीति, रणनीति र कार्ययोजना सही र वैज्ञानिक भएको पुष्टि गरेको निष्कर्ष पार्टीले निकालेको छ। साथै, नेपाली जनता संगठित भएको अवस्थामा सत्ता परिवर्तन गर्ने तागत निर्माण गर्न सक्ने कुरा पुष्टि भएको बताइएको छ।
जेनजीको नाममा चलेको आन्दोलन सत्तासम्बन्धी स्पष्ट दृष्टिकोण र आफ्नै प्रकारको सङ्गठन नहुनुको परिणाम दार्शनिक दृष्टिले ‘बाकुनिनवादी अराजकतावाद’ को नेपाली प्रयोग भएको पुष्टि भएको र यसले मार्क्सवाद–लेनिनवाद–माओवादको झन्डा अझ माथि उठाउनुपर्ने आवश्यकता स्पष्ट गरेको पार्टीको ठहर छ।
भदौ २३ र २४ गतेको आन्दोलनमा युवा पुस्ताले उठाएका कुनै पनि माग पूरा नहुनु,आन्दोलनपछि देशको राजनीतिक अवस्था पश्चगमनमा जानु र साम्राज्यवादी स्वार्थबाट पालित पोषित राष्ट्रघाती एनजीओ र आईएनजीओको सरकार बन्नुले नेपालको राष्ट्रिय स्वाधीनताको समस्यालाई अझ जटिल बनाएको र जनताको सार्वभौमिकता झन् धेरै खतरामा परेको पार्टीको ठहर छ।
कार्यगत एकता र ध्रुवीकरणको आह्वान
राष्ट्रिय स्वाधीनता र जनताको सार्वभौमिकताको रक्षाका लागि पार्टीले देशका क्रान्तिकारी, जनवादी, प्रगतिशील देशभक्त, वामपन्थी जनसमुदायमा कार्यगत एकता, संयुक्त मोर्चामा आबद्ध भएर कुनै पनि प्रकारको साम्राज्यवादी षड्यन्त्रका विरुद्ध एकताबद्ध हुन हार्दिक अपिल गरेको छ।
यथास्थितिवादलाई समेत पछि पार्दै पश्चगमन प्रमुख खतरा बनेको अहिलेको संवेदनशील अवस्थामा संशोधनवाद, पलायनवाद, आत्मसमर्पणवाद, वर्ग समन्वयवाद जस्ता दक्षिणपन्थी अवसरवादी प्रवृत्तिका विरुद्ध निर्मम वैचारिक सङ्घर्ष गर्दै मार्क्सवाद–लेनिनवाद–माओवादको झन्डा अझ माथि उठाउन सबै क्रान्तिकारी माओवादी शक्तिहरू एकताबद्ध हुनु आजको ऐतिहासिक आवश्यकता बनेको वक्तव्यमा उल्लेख छ।
नेकपा (बहुमत) ले क्रान्तिकारी आन्दोलनलाई विचारधारात्मक, राजनीतिक, सांगठनिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा रूपान्तरणसहित पुनर्गठन गर्न अपरिहार्य बनेको जनाएको छ। यही आवश्यकता पूरा गर्न आआफ्नो तरिकाले देश र जनताका समस्याहरूको क्रान्तिकारी निकास र वैज्ञानिक समाजवादी क्रान्तिद्वारा समाधान खोज्न लागि परेका क्रान्तिकारी पार्टी, सङ्गठन र व्यक्तिहरूमा पार्टी एकता, एकीकरण र ध्रुवीकरणका लागि पार्टीले अपिल गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण