एनपीएल दोस्रो सिजन सुरु हुनुअघि जनकपुरधाममा ट्रफी परेड
सारांश
- नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन सुरु हुनु अघि जनकपुरधाममा ट्रफी परेड गरियो ।
- यो ट्रफी परेड कोशी प्रदेशबाट सुरु भई जनकपुरधाम आइपुगेको हो र जानकी मन्दिरमा पूजाअर्चना गरिएको थियो।
- परेडमा जनकपुर बोल्ट्स, नेपाल क्रिकेट संघ धनुषाका पदाधिकारी र स्थानीयको सहभागिता रहेको थियो।
धनुषा । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन सुरु हुनुअघि मधेसको राजधानी जनकपुरधाममा ट्रफी परेड गरिएको छ । सातै प्रदेशमा एनपीएलको ट्रफी परेड गराउने क्यानको कार्यक्रमअन्तर्गत जनकपुरधाममा पनि ट्रफी परेड गरिएको हो ।
जेनजी आन्दोलनपूर्व कोशी प्रदेशबाट सुरु भएको क्यानको ट्रफी परेड कार्यक्रम अन्तर्गत शनिबार मधेसको राजधानी जनकपुरधाम आइपुगेको छ । एनपीएलको ट्रफीसहित जनकपुरधामको जानकी मन्दिरमा पूजा अर्चना पश्चात शुरु भएको ट्रफी परेड नगरको विभिन्न भागको परिक्रमा गर्दै बसपार्क नजिक रहेको सीताशरण होटेल पुगेर समापन भएको छ ।
मधेस प्रदेशमा एनपीएलको ट्रफी परेड पश्चात यो ट्रफी परेडका लागि अन्य प्रदेशहरुमा पनि पठाइनेछ । परेडमा जनकपुर बोल्ट्सका साथै नेपाल क्रिकेट संघ धनुषाका पदाधिकारी र स्थानीयको उल्लेख्य सहभागिता रहेको छ । जनकपुर बोल्ट्स एनपीएलको पहिलो संस्करणको विजेता टोली पनि हो । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण