भूपेन्द्रले विश्व मार्सल आर्ट्समा खेल्ने
सारांश
- भूपेन्द्र गुरुङले विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछन्, जुन अक्टोबर २६ मा बोस्टनमा हुनेछ।
- भूपेन्द्रले छाङ छ्वान, ताइची र म्युजिकल फम्स विधामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
- यसअघि उनले अमेरिकामा ३ स्वर्ण र ३ रजत पदक जितेका थिए, र उनलाई बिदाई गरिएको छ।
काठमाडौँ । भूपेन्द्र गुरुङले विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा खेल्ने भएका छन् । प्रतियोगिता अमेरिकाको बोस्टनमा अक्टोबर २६ तारिखमा हुनेछ ।
वर्ल्ड फाइटिङ मार्सल आर्ट्स फेडरेसनको आयोजनामा हुने प्रतियोगितामा भूपेन्द्रले ३ विधामा प्रतिस्पर्धा गर्ने छन् । उनले छाङ छ्वान, ताइची र म्युजिकल फम्समा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
अमेरिकामा भूपेन्द्रले दोश्रोपटक खेल्न लागेका हुन् । यसअघि उनले अमेरिकाको विभिन्न सहरमा भएका ३ प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा भूपेन्द्रले ३ स्वर्ण र ३ रजत पदक जितेका थिए । भूपेन्द्रले जर्मनी, युके र थाइल्यान्डमा भएका प्रतियोगितामा पनि पदक जितेका छन् । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेका छन् ।
भूपेन्द्रलाई राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सङ्घका महासचिव कुमार बस्नेत, नेपाल उमा कुङफु सङ्घका अध्यक्ष संजीतकुमार राई, उपाध्यक्ष रमेश महर्जन र कोषाध्यक्ष सूर्य तामाङले शनिबार एक कार्यक्रमबिच बिदाइ गरे । भूपेन्द्र अक्टोबर २३ तारिख अमेरिका प्रस्थान गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण