फिल्म ‘मैझारो’ ले पायो प्रदर्शन अनुमति
सारांश
- शुक्रबार प्रदर्शनमा आउने फिल्म 'मैझारो' ले सेन्सर बोर्डबाट युनिभर्सल प्रमाणपत्र पाएको छ।
- विल्सनविक्रम राईको लेखन तथा निर्देशन रहेको फिल्म पूर्वी पहाडको जीवनशैलीमा आधारित छ।
- फिल्ममा धेरै कलाकारहरुको अभिनय रहेको छ, जसमा धिरज मगर, मिरूना मगर लगायत छन्।
काठमाडौँ । कात्तिक ७ गते शुक्रबार प्रदर्शनमा आउने फिल्म ‘मैझारो’ ले प्रदर्शन अनुमति पाएको छ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले फिल्म हेर्दै युनिभर्सल (सबैले हेर्न मिल्ने) प्रमाणपत्रसहित प्रदर्शन अनुमति दिएको हो ।
हास्य कलाकार विल्सनविक्रम राईको लेखन तथा निर्देशन रहेको फिल्म पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थमा बनेको हो । फिल्मको कथा, पटकथा र निर्देशन राई स्वयंको छ ।
फिल्ममा धिरज मगर, मिरूना मगर, दिया पुन, सुनिल थापा, कविता आले, पुष्कर गुरुङ, अभयराज बराल, उदय सुब्बा, बुद्धि तामाङ, रजनी गुरुङ, विशाल लिम्बू, सुभाषसिंह ठकुरी लगायतको अभिनय रहेको फिल्ममा सङ्गीत अनमोल गुरुङ र तोरणेम्पा हाङ राईको छ ।
‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भएको यो फिल्मको छायाङ्कन सौरभ लामाले गरेका हुन् । फिल्मका निर्मातामा डीबी राई र सरिना लामा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण