उड्डयन प्राधिकरणको भवन काठमाडौँ जिल्ला अदालतलाई दिने निर्णय
सारांश
- नेपाल नागरिक उड्डयन प्राधिकरणको बबरमहलस्थित एनेक्स भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय भएको छ।
- प्राधिकरणको सञ्चालक समितिले अदालतसँग करार गरी भवन दिने निर्णय गरेको महाप्रबन्धक प्रदीप अधिकारीले बताए।
- २०८२ भदौमा भएको प्रदर्शनमा अदालतको भवनमा क्षति पुगेपछि प्राधिकरणले भवन अदालतलाई दिने निर्णय गरेको हो।
काठमाडौँ । बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालयको एनेक्स भवन काठमाडौँ जिल्ला अदालतलाई दिने निर्णय भएको छ।
प्राधिकरणको सञ्चालक समितिले अदालतसँग करार गरी उक्त भवन दिने निर्णय गरेको महाप्रबन्धक प्रदीप अधिकारीले जानकारी दिए । सञ्चालक समितिको असोज ३० गते बसेको बैठकको निर्णयमा अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीले आज हस्ताक्षर गरेकी छिन्। योसँगै अब अदालतसँग वार्ता र सम्झौता गर्न ढोका खुलेको छ।
निर्णयमा लेखिएको छ, ‘२०८२ भदौ २३ र २४ मा भएको प्रदर्शनका क्रममा काठमाडौँ जिल्ला अदालतको भवनमा क्षति हुन गई कार्य सञ्चालनमा बाधा पुगेको। सम्मानित सर्वोच्च अदालत एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट समेत उक्त भवन जिल्ला अदालत काठमाडौँलाई तत्काल उपलब्ध गराई सेवा सञ्चालनमा सहजीकरण गर्न प्राधिकरणलाई अनुरोध भई आएको सन्दर्भमा अर्को व्यवस्था नभएसम्मका लागि बबरमहलस्थित प्राधिकरणको मूल भवनको पूर्वतर्फको ब्लक बी भवन दुई पक्ष (काठमाडौँ जिल्ला अदालत र प्राधिकरण)बिच आवश्यक सम्झौता गरी काठमाडौँ जिल्ला अदालतका सेवा सञ्चालन गर्न दिने।’
काठमाडौँ जिल्ला अदालत र सँगै रहेको प्राधिकरणको मूल भवन आगजनीका कारण क्षतिग्रस्त छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण