चलचित्र ‘कल्ली’ को ३ पोष्टरमा सौगात, नाजिर र वर्षा
काठमाडौँ । आगामी फागुन १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘कल्ली’ को ३ पोस्टर सार्वजनिक गरिएका छन् । आइतबार सार्वजनिक तीन पोस्टरमा कलाकार सौगात मल्ल, नाजिर हुसेन र अभिनेत्री वर्षा राउतको फरक फरक गेटअप देखाइएको छ ।
किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो चलचित्र महेश दवाडीले लेखेका हुन् । चलचित्रको कथा र निर्देशक लक्ष्मण सुनार हुन् ।
चलचित्रमा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगरको मुख्य भूमिका छ ।
यस्तै चलचित्रमा उपेश ढकाल, मञ्जिला बानियाँ र समर्पण खतिवडा बाल कलाकारको रूपमा छन् ।आशिष अविरल, सरित राई, केतन क्षेत्रीको संगीत रहेको यो चलचित्रमा एनवी महर्जनको एक्सन र निसाल पौडेलको छायाङ्कन छ ।
राकेश दाहालले चलचित्रको पोस्टर तयार पारेका हुन् । लेकाली इन्टरटेन्मेन्ट प्रा.लि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा यो चलचित्र तयार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण